Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

जवानीमा `डिसेन्ट` करिश्मा बुढेसकालमा `हट एण्ड सेक्सी` (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2013/06/19

प्रदर्शन प्रतिक्षित फिल्म 'किन किन'मा सुन्दरी नायिका करिश्मा मानन्धरलाई हट एण्ड सेक्सी लुक्समा देख्न पाइनेछ । सेक्स विषय केन्द्रित फिल्म 'किन किन'मा निर्देशक उकेश दाहालले अभिनेता राजेश हमालसँग करिश्माको गरमागरमा दृश्य खिचाएका छन् ।

 

करिश्माले पनि आफुलाई मिलेसम्मको एक्सपोज गरेकी छिन् । 'किन किन' फिल्ममा गुन्यु चोलीमा पनि करिश्मा औधी खुलेकी छिन् । ढल्कदो उमेरमा करिश्मा फिल्ममा होस् या सार्वजनिक कार्यक्रममा अलि बढी नै एक्सपोज हुने गर्छिन् । केही समय अघि प्रदर्शनमा आएको फिल्म 'नाइन ओक्लक'मा करिश्माले हट आइटम गीतमा नृत्य पस्केकी थिइन् । तर, उनको आइटमलाई कतिपय फिल्मी विश्लेषकले भने ढल्कंदो उमेरमा चढ्दो जवानी भनेर विश्लेषण गरे ।

 

बैंशालु उमेरमा समेत आफुलाई सम्हालेकी करिश्मा ढल्कदो उमेरमा किन यसरी एक्सपोज हुन्छिन् ? हरेकको आफ्नै विश्लेषण छ । करिश्मा अझै पनि आफुलाई यौवन ठान्छिन् फिल्मी बजारमा चर्चा चल्छ, करिश्मा आफैमा हट छिन् त्यसकारण एक्सजोज हुन्छिन् । एक्सन कटमा कम सक्रिय करिश्मा हाल होम प्रोडक्सनको प्रोजेक्टमा व्यस्त छिन् । स्क्रिप्टीङ भैरहेको होम प्रोडक्सनको फिल्ममा करिश्मकै निर्देशन रहने बताइएको छ ।