केकी अधिकारी र वेनिशा हमाल आत्मीय मित्र हुन् । प्रसन्न पौडेलको स्वर फिल्मले रिमा विश्वकर्मा सहित केकी र वेनिशा बिचको सम्बन्धलाई गाढा बनाइदियो । एकले अर्कालाई नानु भनेर सम्बोधन गर्ने रिमा, केकी र वेनिशा सम्भव भएसम्म पर्सनल देखी पब्लिक इभेन्ट्समा सँगै देखिन रुचाउँछन् ।
रिमा बाहेक केकी र वेनिशाले अहिलेका चल्तीका नायक आर्यन सिग्देललाई लाइक गर्ने बुझिएको छ । इन रिलेसनसिपमा रहेका नायक सिग्देल पनि केकी र वेनिशा दुवैलाई वाच गर्ने गर्छन् । आर्यनकै वास्तविक जीवनमा अत्याधिक मिल्ने केकी र वेनिशा बिचको सम्बन्धमा पनि केही खटपट भएको बताइन्छ । केकी, आर्यन र वेनिशा बिचको यो सम्बन्ध केवल रिलको मात्रै हो । अझ भनौं उनीहरुको यस किसिमको भावनाहरु केवल महसुश मात्र गरेका हुन् ।
फिल्म महसुशमा आर्यनको अपोजिट भएर केकी र वेनिशा प्रस्तुत भएका छन् । कल्याण घिमिरे निर्मित फिल्म महसुशको गीत र प्रोमो हेर्दा आर्यन केकी र वेनिशको प्रेमको जालोमा परेको जस्तो देखिन्छ । तर आर्यनले सबैभन्दा धेरै कस्को मायालाई महसुश गर्छन् ? त्यो भने साउन ३२ पछि नै थाहा हुनेछ । नवल नेपालको निर्देशन रहेको यो फिल्म लभ स्टोरी वेस हो । साउन ३२ को रिलिज डेट तोकिएको महसुशमा आर्यन, केकी र वेनिशा प्रमुख भुमिकामा प्रस्तुत भएका छन् ।
महसुशको अफिसियल फस्टलुक-


