Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

नो स्मोकिङ : धुँवा उडाउन तयार `झरना र संजय`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/16
सुटिङ हुन्छ हुन्छ भन्दै आएका सुमन दाहालले अब भने साँच्चिकै नै सुटिङ गर्ने बताए । निर्माताको आन्तरिक कारण देखाउँदै सुटिङ हुन नसकेको बताउने सुमनले पर्सी मंगलबारबाट भने 'एक्सन एण्ड कट' भन्ने जानकारी गराए ।
 
काठमाण्डौ सहित सिन्धुपाल्चोक, दोलखा लगायतका स्थानमा सुटिङ हुने यो फिल्ममा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश डिसी, दिनेश देवकोटा, अमृता पाण्डे लगायतको अभिनय रहनेछ । खैरावङ्ग फिल्म प्रोडक्सन कम्पनी मार्फत निर्माण हुन लागेको यो फिल्मका निर्माता मुरारी पोखरेल हुन् ।
 
आधा दर्जन भन्दा बढि फिल्ममा असिस्टेन्ट गरेपश्चात मन परेपछि फिल्म निर्देशन गरेका सुमनको यो दोस्रो प्रोजेक्ट हुनेछ । ३०० भन्दा बढि म्युजिक भिडियो निर्देशन गरेको बताउने सुमनले नो स्मोकिङलाई उत्कृष्ट बनाउन कुनै कन्जुस्याईं नगर्ने बताए । झण्डै १३ बर्ष फिल्म सम्बन्धी केहि संघसंस्थामा आबद्ध रहँदै आएका सुमनले कस्तो फिल्म बनाउँछन् ? प्रतिक्षाको बिषय बन्ने छ ।
 
निर्माता पोखरेलको कथालाई अनमोल शर्मा, सरोज प्याकुरेल र शंकर अधिकारी 'घायल'ले फूलबुट्टा भरेर तयार पारेको नो स्मोकिङ सामाजिक कथामा बन्ने निर्देशक दाहालले बताए । फिल्ममा टंक बुढाथोकीको संगीत, दिव्य सुवेदीको छायाँकन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहनेछ ।