Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छड्के निर्माताले भनिदिए- `१० लाख दिन्छु पद छोडिदिनुस्`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/16
फस्ट लभ र लुटबाट बुस्ट भएका निर्माता माधव वाग्ले छड्केसम्म आइपुग्दा भने केही निराश देखिए । बबाल मिडिया हाइप भएको फिल्म छड्केले सोचे अनुरुप छड्के हान्न सकेन ।
 
करोड नजिक लगानी दाबी गरिएको छड्केले लगानी रिकभर गर्न अझै ३० लाख आम्दानी गर्नुपर्ने बताइन्छ । तर, अनलाइन पाइरेसीले गर्दा विदेशमा हुने छड्केको सोजहरु क्यान्सिल भैसकेका छन् । ओभरसिजमा भएको छड्केको सोज क्यान्सिलले रस ताण्डवले २० र वाग्ले तथा नरेन्द्र महर्जनले ५, ५ लाख रुपैयाँ घाटा बेहोर्नु परेको हल्ला छ ।
 
छड्केको व्यापारिक बजार आफ्नो पक्षमा नभएपछि रस ताण्डव कम्पनी गुमनाम छ भने वितरक समेत रहेका नरेन्द्र महर्जन फिल्म निर्माण बारे दोधारमा नै छन् । तर, छड्के निर्माण ताका मिडियासामु लामै भाषण दिएका निर्माता माधव वाग्लेलाई भने घाटाको व्यापारले खासै फरक नपारेको देखिन्छ । अर्को प्रोजेक्टको स्क्रिप्टमा बसीरहेको बताउने निर्माता वाग्लेले गत हप्ता निर्माता संघमा बसेको कार्यसमिति बैठकमा पैसाको राम्रै धाक लगाएको बैठकमा सहभागी सदस्यले चुहाएका छन् । 
 
संघको सदस्य पदमा रहेका वाग्लले ठट्टैठट्टामा अध्यक्ष राजकुमार राईलाई कुर्सी छोड्न भने । तर, चुनावै जितेर आएका अध्यक्ष राईले किन पद छाड्ने ? वाग्लले भनेछन्- '१० लाख दिन्छु, आफ्नो पदबाट राजिनामा दिनुस् । निर्माता संघको व्यवस्थापनदेखी फिल्म क्षेत्रकै समस्यालाई हल गरिदिन्छु ।'
 
निर्माता वाग्लेको गफ अध्यक्ष राईको टाउको दुखेपनि कार्य समिति बैठक भने केही समय हाँसोमय बनेको थियो। वाग्लेको हावा गफबाट बैठक सकिएपछि पनि कार्यसमितिका एक सदस्य मुख छोपेर हाँस्दै थिए ।