Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्द कोठा भित्र आर्यनको `मधुमास`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/16

आज (आईतवार)को नेपाल बन्दले आर्यनलाई केहि दु:ख दियो । अलि अबेरसम्म बेडमा बस्न रूचाउने आर्यन आज भने बिहानै उठ्नु पर्‍यो । शुक्रबारबाट सुटिङ शुरू भएको फिल्म 'मधुमास'का लागि आर्यनले बिहान ४ बजे उठ्नु पर्दा फेसबुकमा यस्तो लेख्छन् -


यो बन्दले चार बजे नै उठियो
बन्द गर्ने प्रथा कहिले बन्द हुन्छ ?
नभए बन्द गर्नेहरू नै बन्द भए कस्तो होला ?
अब सुटिङमा सुटिङ गर्ने कि सुतिङ ?

 

यो पीडा आर्यनको मात्र हैन आम नेपालीहरूको हो । आर्यन त एउटा प्रतिनिधी पात्र मात्र हुन् । आर्यन अहिले किर्तिपुर आसपासमा बन्द कोठा भित्र नवकलाकार सिवांगिनी राणासँग 'मधुमास'का लागि सुटिङमा व्यस्त छन् । सुदर्शन थापाले निर्देशन गरिरहेको यो फिल्मको बन्दका कारण बन्द कोठा भित्र सुटिङ भईरहेको छ ।

 

३५ दिनको सेड्यूल निकालेर फ्लोरमा गएको बताउँदै निर्माता बाबुराम दाहालले बन्दले गर्दा आज ३ बजे नै उठेर स्पटमा पुग्नु परेको दु:ख साटे । 'हामी नेपाली दु:ख पाउन नै जन्मेका हौं जस्तो लाग्न थालेको छ,' बाबुरामले भने- 'धन्न इनडोर सुटिङ भएकाले बन्दको खासै प्रभाव पर्न सकेको छैन नत्र एक दिन सुटिङ रोकिंदा लाखौं घाटा लाग्छ ।'

 

'सिजन अफ लभ' भनिएको यो फिल्ममा आर्यन र सिवांगिनीको साथमा पूजा शर्मा र मनोज आरसी पनि मुख्य भुमिकामा रहनेछन् । फ्राईडे फिल्सको व्यानरमा बाबुराम दाहाल र निर्देशक थापाको संयुक्त लगानी रहने यो फिल्ममा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन रहनेछ ।