Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`ट्रिपल` काली रेखा

फिल्मीखबर, काठमाण्डौ, 2013/06/15

यसै त रेखा काली त्यसैमाथी बिरगञ्जको चर्को घाममा रिफ्लेक्टरको अगाडी उभिंदा उनको हालत कस्तो भयो होला ? 'घामले त मज्जैले डढियो नि,' आफैले निर्माण गरेको फिल्म 'काली'को सुटिङका लागि बिरगञ्जमा रहेकी रेखाले हाँस्दै भनिन्- 'म त ट्रिपल काली हुने भएँ ।'

 

यसअघि छबिराज ओझाको साथले निर्माता बनेकी रेखा पहिलो पटक पूर्णरूपले निर्माताको ट्याग भिर्दैछिन् । 'सबैको साथ पाएकी छु त्यसैले निर्माता नै हुँ भन्ने अनुभव भएको छैन,' बिरगञ्जबाट कुरा गर्दै रेखाले भनिन्- 'छबि ओझासँग निर्माताको रूपमा जसरी काम गरेकी थिएँ त्यसरी नै काम गरेकी छु ।' उनले छबिले जसरी नै खर्च पनि मिलाएर गरेको बताईन् । 'धेरै खर्च गरेर पनि उठ्न पर्‍यो नि,' रेखाले भनिन् ।

 

 

प्रस्तुतकर्तामा आफ्नै नाम राखेकी रेखाले निर्माताको नाममा भने आफ्नै आमा सरस्वती थापाको नाम राखेकी छिन् । 'बेला बेला निर्माता भन्ने बिर्सेर हिरोईन मात्र हुँ भन्ने सम्झन्छु,' ठट्टा गर्दै रेखाले भनिन्- 'पूर्ण निर्माता हुँदा जिम्वेवारी अलि बढि नै हुने रैछ ।' छबिकै फिल्म लोफरसँग जुधाएर रिलिज गर्ने योजना त छैन भन्ने जिज्ञासामा लामो हाँसोका साथ रेखाले भनिन्- 'पहिला सुटिङ सक्छु अनि बिचार गर्न पर्ला ।'

 

३० दिनको सेड्यूल निकालेर फ्लोरमा गएको कालीलाई सबिर श्रेष्ठले निर्देशन गरिरहेका छन् । किशोर खतिवडा, कमलकृष्ण, किरण थापा, सिरु बिष्ट सहितका कलाकाराहरूको अभिनय रहेको यो फिल्ममा महेश खड्काले संगीत दिएका छन् । तीन दिन पश्चात युनिट थप सुटिङका लागि काठमाण्डौ आउने भएको छ । फिल्मको शिर्ष भुमिकामा रेखा नै देखिने छिन् ।