Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सगरमाथाबाट ओर्लिएको १ महिना नपुग्दै निशा सुटिङमा

उत्सव रसाईली, काठमाण्डौ, 2013/06/14

सगरमाथाको टुप्पोबाट फर्किएको एक महिना नवित्दै नायिका निशा अधिकारीले फिल्मको सट दिन सुरु गरेकी छिन् । निशाले जेठ ३० गतेदेखी नवल खड्काको फिल्म भिमदत्तबाट क्यामेरा फेस गरेकी हुन् । भिमदत्तमा निशाले अनुसन्धानकर्ताको भुमिका निर्वाह गरिरहेकी छिन् ।

 

निर्माता तथा कलाकार नवल खड्काका अनुसार निशा आफ्नो रोल प्रती धेरै नै उत्साहित छिन् । भिमदत्तमा निशासँगै नवलको अर्धाङ्गिनी बनेर सुमिना घिमिरेले पनि मुख्य भुमिका निर्वाह गर्दैछिन् । फिल्मको निर्देशन भने लघुफिल्म निर्देशनको अनुभव बटुलेका हिमग्याप टासीको हो । नवलका अनुसार भिमदत्त युनिट आज (जेठ ३१ गते) कर्णाली पुलको सट लिंदैछ ।

 

 

नवलले टेलिफोन सम्पर्कमा भने- 'भिमदत्तको गृह जिल्ला डढेलधुरासम्म हामी आवश्यक दृश्य खिच्दै जानेछौ ।' स्वतन्त्र राजनितिज्ञ भिमदत्त पन्तको गृह जिल्ला डढेलधुरा आसपासमा भने करिब दुई साता सुटिङ गरिने नवलको जानकारी छ । फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिनेछ । ६० जनाको निर्माण युनिटलाई ह्यान्डील गरिरहेका नवल भन्छन्- 'फिल्मले एउटा सच्चा नेपाली राजनितिज्ञको जीवनीलाई उतार्ने छ ।'

 


शिवम अधिकारीको पटकथा तथा संवाद रहेको भिमदत्तमा संगीत मणी थापाले दिएका छन् । विष्णु कल्पितको छायाँकन रहने यो फिल्मको लगानी एक करोडसम्म रहने निर्माता तथा कलाकार नवल खड्काले दाबी गरेका छन् । फस्ट लभ डिमान्डेड हिरोइन निशाका वर्ष ०६९मा करिब आधा दर्जन फिल्म प्रदर्शनमा आएका थिए  । निशा अभिनित अपवाद, मायाज बार, सुनगाभा, पधमिनी जस्ता फिल्मले नेपालको रिलिजबाट लगानी रिकभर गर्न असमर्थ रहे । निशा अभिनित फिल्म भिमदत्तले बजार प्रभाव कस्तो पार्ला त ? पर्खाइको विषय हुनेछ ।