Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेश हमालले घण्टी बजाउँदै भने- `एक्सन`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/14

लामो समयदेखि फिल्म निर्देशन गर्छु भन्दै आएका अभिनेता राजेश हमालले शुक्रबार भने निर्देशनको अनुभव लिए । उनले निर्माणाधिन फिल्म 'सारङ्क'को शुभमुहुर्त कार्यक्रममा 'एक्सन एन्ड कट' भनेका हुन् ।

 

नाट्यश्वरको पूजा गरि मुहुर्त शुरू गरिएको 'सारङ्क'लाई बिरेन्द्र हमालले निर्देशन गर्दैछन् । बिशिष्ठ अतिथीको रूपमा निमन्त्रणा गरिएका हमालले एक्सन भन्नु पूर्व अभिनेत्री करिष्मा मानन्धरले क्ल्याप ठोकेकी थिईन् । 'एकछिनका लागि भए पनि निर्देशक बनियो,' हमालले भने- 'अब केहि समय पश्चात मैले पनि फिल्म निर्देशन गर्नेछु ।' उनले समय सिमा भने तोकेनन् ।
 
रंगमञ्चमा लामो समय विताएका बिरेन्द्र हमालले फिल्म निर्देशन गर्न लाग्दा आफू निकै खुसी भएको राजेशले बताए । आफू पनि २ पटक रङ्गमञ्चमा उत्रेको स्मरण गर्दै हमालले भने- 'बिरेन्द्रजीको प्रेरणाले गर्दा नै मैले रङ्गमञ्चमा दुई पटक अभिनय गरेको थिएँ ।' राजेशले बिरेन्द्र र फिल्म निर्माण टिमलाई सफलताको शुभकामना दिए । चलचित्र पत्रकार संघका अध्यक्ष विदूर गिरीले पनि फिल्म युनिटलाई सफलताको शुभकामना व्यक्त गरे ।
 
 
यस्तै प्रमुख अतिथीको रूपमा उपस्थित भएका बरिष्ठ अभिनेता हरिहर शर्माले बिरेन्द्र सफल नाट्यकर्मी, आर्ट डिजाईनर, कलाकार, पेन्टर, करियोग्राफर तथा म्युजिक कम्पोजर भएको बताउँदै निर्देशनमा पनि सफलता हात पार्नेमा आफू विश्वस्त रहेको बताए । अभिनेत्री मानन्धरले पनि बिरेन्द्र सहित फिल्म टिमलाई सफलताको शुभकामना दिईन् ।
 
 
देशको राजनैतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रबाट पीडित बनेका युवाहरूको मानसिक द्धन्दलाई कथानक बनाईएको फिल्म 'सारङ्क'मा सपना सिंह ठकुरी, कुशल बिष्ट, आकाश श्रेष्ठ, सुवर्ण खड्का, नवराज कार्की, सन्दिप योञ्जन, निरन्जन शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । आउँदो आईतवारबाट शुटिङ शुरू हुने यो फिल्ममा सागर सिंह ठकुरीको पटकथा तथा संवाद, बिष्णु बराईलीको छायाँकन, बीरेन शाक्यको संगीत, किरण दाहालको द्धन्दनिर्देशन तथा देबेन्द्र कुवँरको करियोग्राफी रहनेछ ।
 
 
एम आर्ट थिएटरले निर्माण गर्न लागेको यो फिल्मको सुटिङ काठमाण्डौ आसपासमा नै गरिने निर्देशक हमालले बताए । झुण्डमा रहने मौरीको नाम रहेको 'सारङ्क'मा अभिनय गर्ने सम्पूर्ण कलाकारहरू आफ्नै चेला रहेको समेत बिरेन्द्रले बताए । यसअघि तिमी मेरी हौ नामक फिल्मको निर्देशन समेत गरिसकेका  बिरेन्द्रले गोधुली, मजदूर, कहाँ भेटिएला, ए मेरो हजुर, शहिद, सुख दु:ख लगायतका फिल्ममा आफ्नो अभिनय कला दर्शकमाझ पस्किसकेका छन् ।