Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिडी किनेर छिमेकीको घरमा बनाउँदा रोयल्टी तिर्नुपर्ने

मणिराज गौतम, हेटौंडा, 2013/06/14

चर्चित पार्श्व संगीतकार सुरेश अधिकारीले श्रष्टाको श्रृजना प्रकाशन प्रसारण गरेबापत रोयल्टी तिर्नु पर्ने बताएका छन् । बिहिबार हेटौंडामा संगीत रोयल्टी संकलन समाजले आयोजना गरेको अर्न्तक्रिया कार्यक्रम्मा बोल्दै समाजका अध्यक्ष समेत रहेका अधिकारीले सञ्चारमाध्यमहरूले यस्तो नियम अपनाउनु पर्ने बताएका हुन् ।

 

सञ्चारमाध्यम र श्रष्टा बिच नङ र मासुको सम्बन्ध रहेको बताउदै अध्यक्ष अधिकारीले रोयल्टी तिर्ने बिषयमा सञ्चारमाध्यमहरु सचेत नभएको बताए । यस्तै उनले सिडी किनेर छिमेकीको घरमा बनाउँदा पनि रोयल्टी तिर्नुपर्ने तर्क अघि सारे । आफुहरु लामो समयदेखी नेपाली फिल्मको संगीत यात्रामा लाग्दै आएको र नेपाली फिल्मको संगीतलाई श्रोताहरुले अत्याधिक मन पराईदिएको र श्रोताहरुले रोयलटी तिर्न चाहेमा बार्षिक तीस अर्ब सम्म संगित रोयलटी उठ्न सक्ने उनको दाबी छ ।

 

यस्तै कार्यक्रम्मा अर्का संगीतकार एवं समाजका महासचिव महेश खडकाले पनि श्रृजना गर्ने श्रष्टाहरु दुब्लाउँदै मर्कामा परिरहेको र सिआरबिटीको रकमले दलालहरू मोटाउँदै गएको बताए । अब सबै संगीतकर्मी र श्रष्टाहरू एकजुट भएर श्रृजना प्रयोग गरेबापतको रोयल्टी पाउन आवाज उठाउनु पर्ने खड्काको भनाई छ । कार्यक्रममा बोल्दै अर्का संगीतकार लक्ष्मण शेषले पनि अब संचारगृहहरुले श्रष्टाको श्रृजना प्रकाशन प्रसारण गरे अनुसार इमान्दारिता पूर्वक रोयल्टीका लागि दैनिक रेकर्ड राखेर श्रष्टाको सम्मानमा कदम चाल्नुपर्ने बताए ।
 

हालसम्म एक सय पचास वटा गीत लेखिसकेका गीतकार कुमार बिबाहीतले पनि गीत लेखेर र एल्बम निकालेर श्रष्टाहरूलाई फाईदा नभएको बताउँदै सार्वजनिक स्थलमा श्रष्टाको श्रृजना प्रयोग कर्ताहरुबाट रोयल्टी उठाउनु पर्ने धारणा राखे । कार्यक्रममा फिल्म निर्माता एवं वितरक नरेन्द्र महर्जन, तरंग साँस्कृतिक परिषदका अध्यक्ष एवं कलाकार उज्जवल शर्मा भण्डारी, नायक अमिर गौतम, संगीतकार भोला जोशीलगायत मकवानपुरका साहित्यकार तथा संगीतकर्मीको उपस्थिती थियो ।