Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

छड्के पछिको कर्कश ! रिजल्ट कस्तो ?

उत्सव रसाईली, काठमाण्डौ, 2013/06/13

नेपाली फिल्म इतिहासमा छड्के सर्वाधिक सुरुवाती व्यापार गर्ने फिल्ममा दहरियो । माधव वाग्ले र नरेन्द्र महर्जनको ज्वइन्ट भेञ्चर यो फिल्मले दुई दिनमै करोड नजिक ग्रस कलेक्सन गरेको बताइन्छ । करोड ग्रस गरेपनि छड्केले नेपाली फिल्म प्रति भने दर्शक भड्काएको आरोप खेप्दै आएको छ । कारण, मिडिया हाईपबाट प्रभावित भई छड्के हेर्न हलसम्म पुगेका अधिकाशं दर्शक निराश बनेका थिए ।

 

दर्शकमा देखिएको त्यही निराशाले मञ्जरी, साँघुरो, अन्तराल, उमा जस्ता फिल्मका निर्मातालाई समेत निराश बनाइदियो । निराश, घाटा, अस्वस्थ प्रतिस्पर्धा र नीतिहिन दिशातर्फ यात्रा गरिरहेको फिल्म बजारमा छड्के नजिक मिडिया हाईप पाएको फिल्म कर्कश भोली जेठ ३१ गतेबाट काठमाडौ र मोफसलका पर्दाहरुबाट प्रदर्शनमा आउँदैछ । मिडियामा सार्वजनिक गरिएका पोष्टर्स तथा प्रोमोबाट दर्शक केही उत्साहित भएपनि बबाल विजनेसको लागी भने कर्कशलाई चुनौती रहेको विश्लेषण गरिदैछ ।


छड्के पछि नेपाली फिल्म नै हेर्दिन भन्ने दर्शकका लागी कर्कश महत्वपुर्ण नहुन सक्छ । तर, पपुलर भिजे सुरज सिंह ठकुरीको अभिनयले भने दर्शकको भिडलाई हलमा देख्न नसकिएला भन्न सकिन्न । साथमा लुटका गोफ्ले, राम्रै फ्यान फलोअर भएका गायक तथा नायक बनेका सत्यराज आचार्य र रेमनदाश श्रेष्ठको अभिनय कला पनि दर्शकका लागी खुराक बन्न सक्छन् ।

 

यद्यपी हलमा मनोरञ्जनको आशा लिएर आएका दर्शकले फिल्म कर्कश बारे कस्तो प्रतिक्रिया दिन्छन् ? भोलीको पहिलो शोको रिजल्टले बताउनेछ । र, म्युजिक भिडियो तथा विज्ञापनका निर्देशक आशिफ शाहको पनि निर्देशकीय क्षमता मापन हुनेछ । साँगीतिक ब्यान्डको उतार चढावलाई मुख्य विषयबस्तु बनाइएको कर्कश विशेषत: युवा दर्शक केन्द्रित फिल्म हो । तर, युवा दर्शकलाई नै केन्द्रमा राखिएको साँगीतिक फिल्म स्वर तथा भक्तराज आचार्यको जिवन माथि निर्माण गरिएको आचार्य फिल्म भने व्यवसायिक रुपमा सफल हुन सकेनन् । कर्कश व्यावसायिक रुपमा सफल भएको खण्डमा साँगीतिक फाँटका अन्य विषयमाथि पनि फिल्म बन्ने क्रमले भने निरञ्तरता पाउनेछ ।


 

बर्षातको मौसम भएपनि कर्कश रिलिज डेटको हिसाबले भने लक्की देखिन्छ । एसएलसी उत्तिर्ण विद्यार्थीले कर्कश हेरेर आफ्नो खुसी सेलिव्रेसन गर्न सक्नेछन् । अर्कोतर्फ मल्टीप्लेक्स हलवालाले अदृश्य रुपमा नेपाली फिल्मलाई वाइकट गर्ने प्रणालीको शिकार हुनबाट कर्कश जोगिएको छ । कर्कशलाई क्युएफएक्स सिनेमा अन्र्तगतका हलहरुमा १० शोजहरु उपलब्ध गराइएको छ । साथमा नरेन्द्र महर्जनले देशका मेजर मल्टीप्लेक्स स्टेशनहरुमा कर्कशमय पारेका छन् ।

 

महत्वपुर्ण कुरा निर्माता अशिम शाह हलमा हुने निर्माताहरुको जुगाँको लडाइँमा मुछिएका छैनन् । उनलाई बिग ब्यानरका निर्माताले मैदान खाली गरिदिएका छन् । कर्कशसँग आज मात्रै रिलिज डेट फाइनल गरेको फिल्म 'यति धेरै माया'ले काठमाडौका स्टेशनहरुमा प्रतिस्पर्धा गर्नेछ । कर्कशका लागी यति धेरै माया कमजोर प्रतिस्पर्धी फिल्म हो ।