Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

भोलीदेखी खुला मैदानमा निर्माता

फिल्मीखबर, काठमाण्डौ, 2013/06/13

सम्भवतः हलहरुमा असार एक महिना नेपाली फिल्मको खोलो नै बग्नेछ । सातामा रिलिज हुने कम्तीमा तीन वटा फिल्मको संख्या बढेर आधा दर्जन भन्दा बढी पुग्नेछ । कम पहुचवाला निर्माताको फिल्मले हल प्रवेश नपाउन पनि सक्छन् ।

 

निर्माता संघमा निर शाहको कार्यकाल देखी विभिन्न स्वरुपबाट सञ्चालन हुँदै आएको फिल्म चलाउने पालो प्रणाली भोलीबाट खारेज हुँदैछ । यो प्रणाली खारेज हुनु भनेको शक्तिवाला निर्माताको फिल्मले मात्रै हल पाउनु भन्ने हो । कार्यदलका संयोजक सुरेश दर्पण पोखरेल भन्छन्-  'क्यु प्रणाली फिल्म क्षेत्रको हितकै पक्षमा थियो ।' प्रणाली खारेजको केही हप्तामै निर्माता तथा हलवालाले क्यु सिस्टमको आवश्यकता महसुश गर्ने समेत संयोजक पोखरेलले बताए ।


पालो प्रणाली अर्न्तगत सेन्सर पासका आधारमा हप्तामा दुई वटा मात्रै फिल्मलाई काठमाडौका १४ वटा हलमा रिलिजको मौका दिने गरिन्थ्यो । पालो प्रणालीमा हल व्यावसायी, वितरक, पुराना, निर्माता निर्देशकको फिल्मलाई रिलिजको पहिलो प्राथमिकता दिइन्थ्यो । यो प्रणालीको खारेजीले चुल्ठे मुन्द्रे निर्माता आफ्नो फिल्म रिलिज गराउन सहज बनाइदिएको बताइन्छ ।

 

'लभस्टोरी २०६६' पालो प्रणालीको अन्तिम फिल्म भएपनि बम्बईबाट प्रिन्ट नआएका कारण यो भोली (जेठ ३१) रिलिज हुने छैन । वितरक सुनिल मानान्धरका अनुसार आगामी हप्ता मात्रै यो फिल्म काठमाडौका करिब १० वटा हलमा रिलिज हुनेछ । यो फिल्मलाई महानायक राजेश हमालका दिवंगत मामा स्वर्गिय दीपक रायमाझीले निर्देशन गरेका हुन् ।  लभ स्टोरी २०६६ बम्बइमै रोकिएपछि भोली 'यति धेरै माया' नामक फिल्म रिलिज हुनेछ ।