आईतवार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका विच सम्पन्न भएको 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०'मा फिल्म सरी लको अडियो विमोचन गरियो ।
प्रदर्शनको क्रममा रहेको फिल्म सरी लको अडियो फिल्मकै निर्माण युनिटका सदस्य निर्देशक ऋषि लामिछाने, निर्माता कृष्ण बहादुर महर्जन, अन्जु केसीको साथमा नायक सुवास थापा, नायिका अनिता आचार्यले सहित चलचित्र संघका महासचिव तथा वितरक प्रदीप उदयले संयुक्त रूपमा विमोचन गरे । अडियो विमोचन पूर्व निर्देशक लामिछानेले फिल्मको बारेमा प्रस्ट्याउँदै सरी ललाई राम्रो बनाउने प्रयास गरेको बताए ।
फिल्ममा चार वटा गीत समावेश गरिएको छ जसमा बसन्त सापकोटा,र शैलेश श्रेष्ठको संगीत रहेको छ । यस्तै शैलेश श्रेष्ठ, शिबम् अधिकारीको शब्दमा इन्दिरा जोशी, शिव परियार र यम बुद्धको स्वर रहेको छ । शिबम् अधिकारीले तयार पारेको स्क्रिप्टमा सुवास र अनिताको साथमा राजन खतिवडा, मार्टिन खान, कृष्ण बहादुर महर्जन, अन्जु केसी लगायतको अभिनय रहेको छ ।


