Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मुम्बईमा नाचे बिराज

बिकाश लामीछाने, मुम्बई, 2013/06/10

भोजपुरी फिल्ममा व्यस्त रहँदै आएका नायक बिराज भट्ट अहिले फिल्मसँगै नेपाली समाजले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरूमा समय खर्च गरिरहेका छन् । यहि क्रममा उनी आईतवार साँझ जनचेतना सरोकार मञ्चले मुम्बईमा आयोजना गरेको नेपाली साँस्कृतिक कार्यक्रममा सहभागी भए ।

 

'मेरो देश मेरो गौरव' नाम राखि आयोजना गरिएको सो कार्यक्रममा बिराजले आफूले अभिनय गरेका केहि फिल्ममा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । यस्तै उनले छिट्टै नै नेपाली फिल्म निर्माण गर्ने बताए । नेपाली फिल्म क्षेत्रबाट बिस्तारै अस्ताएका बिराज भोजपुरी दुनियाँमा भने अहिले स्टारको रूपमा चिनिएका छन् ।
 

अर्का नेपाली कलाकार पुष्कर भट्टले पनि कार्यक्रममा आफ्नो प्रस्तुती राखेका थिए । नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा ह्याप्पी अर्याल, शोभा राणा, भोजपुरी डान्सर सितल सोनी, गायक अनुप रिजाल, मोडल प्रकाश बिसी लगायतले पनि आफ्नो कला प्रस्तुत गरेका थिए ।