उत्कृष्ट फिल्म बन्नका लागि सबैभन्दा महत्वपूर्ण भुमिका स्क्रिप्टले खेल्ने गरेको हुन्छ । नेपाली फिल्ममा देखिएको सबैभन्दा ठूलो कमजोरी नै स्क्रिप्ट हो । यही कमजोरीलाई मेटाउन न्यू नेपाली सिनेमाले स्क्रिप्ट लेखन प्रतियोगिताको दोस्रो संस्करण शुरू गरेको छ ।
यसअघि उत्कृष्ट स्क्रिप्ट लेख्नेलाई १ लाख २५ हजार रूपैँया पुरस्कार दिएको आयोजक न्यू नेपाली सिनेमाले यसपटक रकम बढाएर दुई लाख २५ हजार रूपैंया पुर्याएको छ । कथाको कुनै परिबन्ध नराखेको आयोजकले आगामी अगस्ट १५ तारिख भित्र कथा बुझाउनुपर्ने बताएको छ । 'स्क्रिप्टका लागि कुनैपनि जेनरे, बजेट तथा लोकेशनको परिबन्ध राखिएको छैन,' आयोजक मध्येका एक मनोज अधिकारीले बताए ।'
पहिलो चरणमा कम्तिमा दुई पेजको सिनोप्सिस पठाउनु पर्ने नियम राखेको न्यू नेपाली सिनेमाले स्क्रिप्ट लेखनको अन्तिम प्रतिश्पर्धामा १५ वटा मात्र स्क्रिप्टलाई फाईनल प्रतियोगितामा लैजाने जानकारी गरायो । स्क्रिप्ट लेखन प्रतियोगिताका जुरीहरूमा अनुप बराल, अबिनाश बिक्रम शाह, आशिफ शाह, अर्जुन सुवेदी र सुवास कोईराला रहेका छन् ।
थप जानकारीका लागि - http://www.newnepalicinema.com/script2013

