नेपाली फिल्म सम्बन्धी समाचार प्रकाशन गर्दै आएको अग्रणी अनलाईन पोर्टल फिल्मीखबर डट कमले मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई हाँस्य सम्राटको उपाधी दिएको छ ।
आईतवार राजधानीमा भव्य समारोहका विच सम्पन्न भएको 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०'मा फिल्म, टेलिफिल्म, हाँस्य बिधा तथा विभिन्न समाजिक सेवामा अतुलनिय योगदान पुर्याए वापत मह जोडीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डले सम्मान गर्दै 'हाँस्य सम्राट'को उपाधी दिएको हो । 'हाँस्य सम्राट'को उपाधी दिएपश्चात बरिष्ठ कलाकार तथा निर्देशक निर शाहले उचित व्यक्तिलाई उचित उपाधी दिएको प्रतिक्रिया दिए ।
मह जोडीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डले सम्मान गर्दा उपस्थित सम्पूर्ण फिल्मकर्मी तथा सञ्चारकर्मी र आमन्त्रित अतिथीहरूले उठेर सम्मानको तालीले हल गुञ्जयमान बनाएका थिए । मह जोडीलाई सम्मान गर्न स्टेजमा निर शाह सहित बरिष्ठ फिल्मकर्मीद्धय यादव खरेल र उद्धब पौडेललाई आमन्त्रण गरिएको थियो । लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित भएपश्चात मह जोडीले आयोजकलाई धन्यवाद दिए ।




.jpg)

