महोत्तरीको वर्दिवासमा रहेको जानकी चलचित्र मन्दिरको स्तरन्नोती कार्य सकिएको छ । झण्डै ३० वर्ष पुरानो जानकी चलचित्र मन्दिरलाई स्तरन्नोती गरेर सुविधा सम्पन्न वनाइएको हो ।
स्तरोन्नतीका लागि फिल्म प्रदर्शन वन्द गरेर गएको फागुन १४ गते देखि हलको मर्मत कार्य शुरु गरिएको थियो । स्तरोन्नती सँगै जानकी जनकपुर अंचलकै पहिलो एसी जडित फिल्म हल वनेको छ । यसअघि अन्त्यन्तै नाजुक अवस्थामा फिल्म देखाउदै आएको जानकीको अहिले शौचालय देखि लिएर सर्भर सम्म परिवर्तन भएको छ । हलमा एसी जडान गरिएको छ, सवै सिटहरु परिवर्तन गरेर सुविधा सम्पन्न सिट राखिएको छ र सुविधा युक्त शौचालय वनाइएको छ ।
त्यस्तै यसअघि साधारण प्रविधिवाट फिल्म देखाउँदै आएको जानकीले अब क्युव डिजिटल प्रविधिवाट फिल्म देखाउने छ । सराउण्डीङ साउण्ड सिस्टम जडान गरिएको छ । हल संचालक सन्तोष श्रेष्ठले झण्डै ३० लाख रुपैँया खर्च गरेर हललाई सुविधा सम्पन्न वनाएको वताए । स्तरोन्नतीका सवै काम सकिसकेकाले आउँदो असारको पहिलो सातावाट फिल्म प्रदर्शन शुरु गर्ने गरी तयारी भैरहेको उनले बताए ।
संचालक श्रेष्ठका अनुसार स्तरोन्नती पछिको जानकी हलको उद्घाटन नायक जीवन लुईटेलले गर्नेछन् । शुरुमा ०६९ सालको पपुलर फिल्म रिदम देखाइने छ । सुविधा वढाए सँगै जानकी हलले टिकट दर पनि वढाउने तयारी गरेको छ भने यसअघि नियमित शोमा नेपाली फिल्म मात्र देखाउँदै आएकोमो अव नेपाली, हिन्दी र भोजपुरी फिल्म देखाउने छ । यसअघि दैनिक दुई शो मात्र फिल्म देखाउँदै आएकोमा अब दैनिक तिन शो देखाउने हल व्यवस्थापनले जनाएको छ ।

