Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालगञ्जमा इन्सपेक्टर सविना

विष्णु शाही, नेपालगञ्ज, 2013/05/26

प्राय सधै पुजापाठ गर्न आउने दर्शनार्थीले भिड हुने पश्चिम नेपालको प्रसिद्ध मन्दिर नेपालगञ्जको वागेश्वरी मन्दिर आज विहानै भने कुनै दर्शनार्थीको आगमनले भिड नभइ ‘पंगा’ फिल्मको सुटिङले भिड भयो ।

 

ध्रुब बिष्टको स्वरमा 'उनको मोहनी रुपैले मलाई पागल वनायो... ' वोलको गीत गुञ्जिरहँदा वागेश्वरी मन्दिरको पुर्व तर्फ नव नायक वावु गुप्ता र सपना महत नृत्य गर्न व्यस्त देखिन्थे भने नृत्य र्निदेशक विवेक थापा भने कती वेला कट कट भन्थे त कती वेला टेक भन्थे त कती वेला एक्सलेन्ट । उनले यस्तो बोलिरहँदा दर्शक वडो अचम्मका साथ हेरिरहेका थिए उक्त दृश्य ।  


दुइ महिना अघि मात्र काठमाण्डौँमा नायक मुकेश ढकाल र नायिका सविना कार्कीलाई मुख्य पात्र वनाएर फिल्म 'गुड फ्रेन्ड' वनाएका बाँके निवासी निर्देशक राज वहादुर सानेले पुन: ‘पंगा’ फिल्मको निर्देशन गर्दैछन् । नेता र गरिव विचको कथा साथै सच्चा देशभक्ति प्रहरीले र आम नेपालीले भ्रष्टचारी, सामन्ती, दलाली, विश्वासघाती नेतालाई कस्तो सजाय दिनुपर्छ भन्ने सन्देश दिने वताउदै निर्दशक सानेले यस्तो फिल्म अब नेपाली दर्शकलाई आवश्यक परेको वताए ।

 

 

सानेले फिल्ममा अन्य मुख्य पात्र भएपनी फिल्मको हिरो एक प्रहरी अधिकृतको भुमिका निर्वाह गरेकी नायिका सविना कार्की भएको जानकारी गराए । करिव आधा दर्जन नेपाली फिल्ममा अभिनय गरेपनी प्रहरी अधिकृतको भुमिकामा अभिनय गर्ने चाहाना सानै देखिको भएको र त्यो इच्छा ‘पंगा’ ले पुरा गरेको वताउदै फिल्मलाई राम्रो वनाउन दिलोज्यान दिने वताइन् । फिल्मको छायांकन कैलाली टिकापुर, नेपालगञ्ज वाँके, वर्दिया लगायत अन्य रमरिण स्थानमा गरिने निर्माता रमेश वन गोसाईले वताए ।

 

 

फिल्ममा विरेन्द्र यादव, जिनु हक, सविना कार्की, सपना महत, नवनायक वावु गुप्ता, यश कुमार परियार, महेद्र गौतम, नरेन्द्र चन्दको अभिनय रहेको छ भने फिल्ममा ध्रुब बिष्टको संगीत, प्रदिप खड्काको द्धन्द र केशव अधिकारीको छायांकन रहेको छ । फिल्म आगामी माघमा एकैसाथ नेपालभर प्रर्दशन गरिने निर्माता गोसाइले जानकारी गराए ।