Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

मामाको अगाडी रोए माहानायक

फिल्मीखबर, काठमाण्डौ, 2013/05/26

सधैं हँसिलो मुद्रामा देखिने माहानायक राजेश हमाल शनिबार भने निकै भावुक बने । आफ्नै मामा बसन्त जंग रायमाझीलाई सम्मान गर्न आयोजना गरिएको एक बिशेष कार्यक्रममा महानायक बोल्दा बोल्दै केहि बेर रोए ।

 

'मेरो फिल्मी करियरको श्री गणेश गरिदिने मेरो मामा नै हुनुहुन्छ,' राजेशले मामाको अगाडी शिर झुकाउँदै भावुक स्वरमा भने- 'मेरो प्रेरणाको स्रोत मामा नै हुनुहुन्छ ।' मामासँग फिल्मका बारेमा आफ्ना बिचारहरू राख्ने गरेको भन्दै राजेशले थपे- 'म जहाँ छु त्यसको सम्पूर्ण श्रेय मामालाई नै जान्छ ।' यस्तै उनले आफ्नो यो क्षेत्रमा योगदान खासै नरहेपनि मामाको योगदान अतुलनिय रहेको बताए ।
 
 
मामाको करियोग्राफीमा फिल्म युगदेखी युगसम्मको गीतमा डान्स गरेर फिल्म करियरमा पहिलो पटक क्यामेरा फेस गरेको बताउँदै राजेशले मामाले नै आफूलाई नाच्न सिकाएको बताए । 'म जस्ता नाच्न नजान्ने धेरै कलाकारलाई उहाँले नचाउनु भएको छ,' राजेशले बसन्तको बखान गर्दै भने- 'करियोग्राफीका लागि मात्र हैन फिल्म निर्माणका अन्य पक्षमा पनि निर्माता निर्देशकहरूले मामासँग राय लिनुहुन्थ्यो ।'
 
 
५८ बर्ष सम्म फिल्म क्षेत्रमा विताएका बसन्तलाई चलचित्र नृत्य निर्देशक संघ, नेपालले आज बिशेष सम्मान गरेको हो । सम्मान कार्यक्रममा भिडियो क्लिप मार्फत नायिका करिष्मा मानन्धरले फिल्म करियरमा पहिलो नृत्य बसन्तजंगले नै गराएको बताईन् । करिष्माले पनि आफूजस्तै नाच्न नजान्ने धेरै कलाकारलाई नचाउन बसन्त सफल भएको बताईन् । 'बसन्त दाई नभएको भए आज फिल्म क्षेत्र यो अवस्थामा आईपुग्थेन,' करिष्माले भनिन्- 'उहाँ मेरो पहिलो गुरू हो ।'
 
 
यस्तै सोही कार्यक्रममा चलचित्र नृत्य निर्देशक संघले भर्खरै मात्र नवनिर्वाचित निर्माता संघ र निर्देशक समाजका पदाधिकारीहरूलाई पनि सम्मान गर्‍यो । 
 
 
 
 
 
तस्विर: हिमग्याप टाँसी