गत बर्षको व्यसायिक सफल फिल्म बिन्दासले हिरोईन शुष्मा कार्कीलाई निकै उचाई दियो । बिशेषत: फिल्मको स्क्याण्डल सहित शुष्माको जवानीले बजारलाई निकै ततायो । फिल्म पनि शुष्माको जवानीकै कारण चलेको हल्ला गरियो ।
फिल्म हिट भएपछि निर्माता मधुकुमार श्रेष्ठ बिन्दासको सिक्वेल बनाउन कस्सिएका छन् । शनिबार बिहान भद्रकाली मन्दिरमा फिल्मको मुहुर्तसँगै सुटिङ पनि शुरू गरिएको छ । बिन्दासमा अंग प्रदर्शन गरेकी शुष्माले यो फिल्ममा पनि निरन्तरता दिन्छिन् या दिन्नन् त्यो दर्शकले फिल्म हेरेपछि नै थाहा पाउनेछन् । तर, मुहुर्त समारोहमा भने शुष्मा खैरो कपालमा उपस्थित भईन् जसले गर्दा उनको कपालको चर्चा उक्त कार्यक्रममा निकै भयो ।
कार्यक्रममा काँग्रेस नेता अर्जुन नरसिंह केसीको उपस्थिती थियो । निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले क्ल्याप हानेर मुहुर्त सट शुरू गरिएको थियो भने नेता केसीलाई नरिवल फोड्ने जिम्मा दिईएको थियो । राजु गिरीले निर्देशन गर्ने 'बिन्दास-२'मा शुष्मालाई अहिलेका चर्चित नायक जीवन लुईटेलले साथ दिने भएका छन् । मुहुर्त सटमा 'एक्सन' र 'क्यामेरा' सञ्चारकर्मी बिजय आवाजले भने 'कट' अर्का सञ्चारकर्मी लक्ष्मण सुवेदीले भने ।
बिन्दासमा सेक्स कन्टेन्टलाई फोकस गरिएपनि बिन्दास-२मा भने सेक्स कन्टेन्टलाई फोकस नगरि लागु औषधको बिषयलाई मुख्य बिषय बनाएको मुहुर्त कार्यक्रममा निर्माण युनिटले जानकारी गरायो । फिल्ममा जीवन र शुष्माको साथमा सुशान्त कार्की, अनिशा गुरुङ, आरती लामा लगायतका कलाकारको अभिनय हेर्न सकिनेछ । फिल्ममा बिन्दासकै संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।
.jpg)

.jpg)

