गत मंगलबार सगरमाथाको चुचुरोमा पुगेकी नायिका निशा अधिकारी अहिले लुक्लामा अलपत्र अवस्थामा छिन् । मौसमका कारण लुक्लामा हेलिकोप्टर पुग्न नसकेपछि निशा काठमाण्डौ आउन नपाएकी हुन् ।
बुधबार निशालाई काठमाण्डौमा स्वागत गर्ने बताईएको थियो तर काठमाण्डौ अवतरण गर्न नसकेपछि अहिले निशा लुक्लामा नै छिन् । उनलाई सक्दो छिटो काठमाण्डौ ल्याउने कोसिस गरिएको छ । कलाकार संघका अध्यक्ष नवल खड्काले उनलाई स्वागत गर्न तयार भएर बसेको बताएका छन् । निशासँग सम्पर्कमा रहिरहेका बरिष्ठ रंगपत्रकार शान्तिप्रियले मौसम गडबडका कारण उनलाई काठमाण्डौ ल्याउन नसकिएको बताएका छन् ।
निशा चैत्र २७ गते सगमाथा चढ्नका लागि काठमाण्डौबाट हिडेकी थिईन् । निशाको सगरमाथा यात्रा आरोहीको सहयोगीको रुपमा मात्र रेकर्ड हुनेछ । निशा भन्दा दुई दिन अगाडी सहयोगीकै रूपमा सगरमाथाको टुप्पो चुमेका नायक अर्जुन कार्की भने अहिले काठमाण्डौमा बधाई थाप्नमा नै व्यस्त छन् ।

