Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुन्दरीसँग झोलेको रोमान्स (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/05/23

लुट फिल्मबाट एकाएक चर्चामा आएका अभिनेता दयाहाङ राई पहिलो पटक सोलो नायक बनेर आउँदैछन् । पछिल्लो समयकी चर्चित नायिका प्रियंका कार्कीसँग उनी फिल्म 'झोले'मा देखिंदैछन् । 

 

फिल्मको शिर्ष भुमिका निर्वाह गरेका दयाहाङलाई प्रियंकासँग रेनशा राईले आफ्नो करियोग्राफीमा नचाएकी छिन् । हरि लम्सालको संगीत, राजेश पायल राई र रजिना रिमालको स्वर तथा भुपेन्द्र खड्काको शब्द रहेको प्रस्तुत गीतमा दयाले प्रियंकालाई कल्पना गरेको देखिन्छ । दयाको कल्पनामा प्रियंका निकै सुन्दर देखिएकी छिन् ।

 

बिहिबार राजधानीमा एक समारोहका विच फिल्म 'झोले'को फस्टलुक प्रोमो, पोस्टरको साथमा दया र प्रियंकाको रोमान्टिक गीत सार्वजनिक गरियो । डार्क कमेडी यो फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने निर्माता टेकेन्द्र खड्का हुन् । फिल्मले देश नै झोले भईरहेका बेला जनता पनि हरेक तरिकाले झोले बनिरहेका छन् भन्ने कुरालाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्न खोजेको निर्देशक खनालले कार्यक्रममा बताए ।

 

फिल्ममा दयाहाङ र प्रियंकाको साथमा शिशिर राणा र ए गुरूङ मुख्य भुमिकामा छन् । फिल्ममा शान बस्नेतको कथा, सुर्य थोकरको द्धन्द रहेको छ भने छायाँकन पुरूषोत्तम प्रधानको रहेको छ । दिर्घ खड्काले सम्पादन गरेको यो फिल्मका प्रोडक्सन म्यानेजर बुद्धिलाल मगर हुन् ।