निर्देशक शिव रेग्मीको फिल्मी उद्योगमा फरक पहिचान र योगदान छ । उनका फिल्मले कुनै समयमा सयौं, एकान्नौं दिन पनि मनाएको थियो भने उनको पछिल्लो फिल्म सो सिम्पल भने सोचे जती सफल हुन सकेन तर पनि नेपाली फिल्ममा निरन्तर लागि परेका निर्देशक रेग्मी गत साता देखी अस्पातल भर्ना भएका छन् ।
यतिवेला उनी चावहिल स्थित ओम अस्पतालमा सिकिस्त भएर उपचारार्थ छन् । पुरना निर्देशककै दर्जामा पर्ने रेग्मी यतिका दिन सम्म अस्पातल भर्ना हुँदा समेत नेपाली फिल्मी क्षेत्र उनका समकालिन साथी, कलाकार कोही पनि उनलाई भेट्न गएका छैनन् । नेपाली फिल्ममा योगदान दिने व्यक्तित्वलाई नेपाली फिल्म क्षेत्रकै व्यक्तिहरुले हस्पिटल सम्म भेट्न नगएको शिव रेग्मिका भाई देबेन्द्र रेग्मिले फिल्मीखबरलाई बताए ।
स्थिती सुधार हुँदै गए पनि मुर्गौला फेर्न पर्ने भाईले जानकारी दिए । चितवन भरतपुर ४ स्थायी बसोबास रहेको निर्देशक रेग्मी समयदेखि प्रेसर र मधु मेह रोगबाट पिडित थिए । 'बिरामी भएको आजै थाहा पाएपछि म भेट्न गएको हुँ, शिवका अति नजिकका निर्माता केशब भट्टराईले भने- 'उहाँ बिरामी हुँदा हामी सबै अनविज्ञा छौं ।' हस्पिटलमा इन्फेक्सन हुने डरले डाक्टरले शिबलाई भेट्न नदिएको केशबको भनाई छ ।

