Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अधकट्टी लिएर आउँदै सुब्रत

फिल्मीखबर, काठमाण्डौ, 2013/05/22

नेपाल चलचित्र संघका महासचिव तथा निर्माता प्रदीप उदयले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । चलचित्र संघको कार्यालयमा ४७ औं जन्मदिन सेलिब्रेट गरेका उदयको फिल्म 'अधकट्टी'लाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्नेछन् ।

 

नेपाली फिल्मी क्षेत्रमा नयाँ निर्देशक भित्रिने क्रममा रङ्ग पत्रकार सुब्रत सुव्रत अचार्य पनि फिल्म अधकट्टी मार्फत निर्देशक हुँदै छन् । झण्डै दुई दशकको पत्रकारिता अनुभव र थुप्रै म्युजिक भिडियो निर्देशनको अनुभव पश्चात सुब्रतले फिल्म निर्देशन गर्ने आँट गरेका हुन् । साप्ताहिकका सम्पादक सुवास ढकालको कथा तथा विजय अधिकारीको पटकथा तथा संवाद रहेको यो फिल्मको कलाकार भने फाईनल गरिएको छैन ।

 

करिब ५० लाख लागत तोकिएको यो फिल्मको सुटिङ श्रावण महिनाको दोस्रो साता तिर शुरू गर्ने सुब्रतले बताए । फिल्म पूर्णरूपमा कमेडी हुने सुब्रतको भनाई छ । फिल्म निर्माणमा मञ्जरीका निर्माता नरेश देव पाण्डेले पनि सघाउने भएका छन् ।