Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

कर्कशको `से नो टु ड्रग्स` कन्टेस्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/05/22

आगामी जेठ ३१ गते रिलिज हुन लागेको फिल्म 'कर्कश' लागू पदार्थ बिरूद्धको अभियानमा उत्रेको छ । सामाजिक सञ्जाल फेसबुकमा 'से नो टु ड्रग्स' स्लोगन राखेर लागू पदार्थको बिरूद्धमा एउटा प्रतियोगिता शुरू गरेको छ ।

 
 
प्रतियोगितामा भाग लिने प्रतियोगीले कर्कशको फेसबुक पेज लाइक गर्नुपर्नेछ र त्यहाँ प्रस्तुत गरिएको प्रतियोगिताको फोटोमा लागू पदार्थको बिरूद्धमा एउटा नारा लेख्‍नुपर्नेछ । प्रतियोगितामा विजेता घोषित हुने प्रतियोगीको नारा कर्कश फिल्मको सुरूवातमा नाम र नारा सहित देखाइनेछ । यसका साथै विजेताले कर्कशको टि-सर्ट र कर्कशका निर्माता तथा कलाकारसँग नै बसेर कर्कश फिल्म हेर्न पाउनेछन् । 
 
 
कर्कशका निर्माता असिम शाह भन्छन्- 'कर्कश फिल्मले लागू पदार्थ दुर्व्यसनीको कुरालाई उठाएको छ । हामीले युवाहरूमा उचित शिक्षा जाओस्, युवा पिँढी जागरूक होऊन् र लागू पदार्थका विषयमा आफैँले कुरा गरून् भन्ने चाहना राखेर यो अभियान शुरू गरिएको हो ।' शाहको थप भनाइ छ- 'हामीले यसलाई प्रोमोसनमा मात्र सिमित नगरी लागू पदार्थको बिरूद्धको कार्यक्रम नै बनाएर सामाजिक संस्था ट्रान्स्फर्मेसन नेपालसँग संलग्न भई विभिन्न स्कुल र कलेजसम्म पुग्ने अठोट गरेका छौँ ।'
 
 
म्यूजिक भिडियो र विज्ञापन मेकिङमा नाम कमाएका आशिफ शाहले यो फिल्मलाई जि.टू.वान प्रोडक्सन ब्यानर मार्फत डेब्यू गर्दै निर्देशन गरेका हुन् । रिलिज डेट सम्म ४५ लाख बजेट क्रस हुने यो फिल्म एउटा म्यूजिकल ब्याण्डको स्टोरी रहेको  बताईएको छ । फिल्ममा डेब्यू गर्दै चर्चित भिजे सुरज सिंह ठकुरी लिड रोलमा छन् । यसैगरी फिल्ममा अन्य लिड एक्टरहरु सत्यराज आचार्य, रेमनदास श्रेष्ठ र दयाहाङ राई हुन् ।