Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सगरमाथा चढेका अर्जुनलाई काठमाण्डौमा स्वागत

फिल्मीखबर, काठमाण्डौ, 2013/05/22

नेपाली फिल्म उधोगको नामलाई उच्च बनाउँदै गत आईतवारका दिन सगरमाथाको चुचुरो चुमेका नायक अर्जुन कार्कीलाई हिजो मंगलबार काठमाण्डौमा भव्य स्वागत गरियो । भलै उनले सहयोगीको रूपमा सगरमाथा चढे तर उनको नाम इतिहासमा सुनौला अक्षरले लेखिने छन् ।

 

 

अर्जुनलाई स्वागत गर्न नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का सहित संघको टोली एयरपोर्ट पुगेको थियो । उनलाई स्वागत गर्न फिल्मकर्मी बिहान करिब १० बजे देखिनै एयरपोर्टमा पुगेका थिए तर अर्जुन भने दिउँसो करिब १ बजे तिर काठमाण्डौ विमान स्थलमा ओर्लेका थिए । गत चैत्र ५ गते आरध्यदेव पशुपतिनाथको जल लिएर सगरमाथा यात्रामा निस्किएका अर्जुनले  कार्की सेभेन समिट्स आरोहण दलको सहयोगीका रूपमा सगरमाथाको टुप्पो चुमेका हुन् ।
 
काठमाण्डौ ओर्ले पश्चात फिल्मीखबरसँग कुरा गर्दै अर्जुनले नेपाली फिल्म उधोगको नाम उच्च बनाएकोमा आफू निकै हर्षित भएको कलाकार संघका अध्यक्ष नवल खड्काले बताए । यस्तै अर्जुनले भने आफ्नो सगरमाथा चढ्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरे । यस्तै नायिका निशा अधिकारी पनि मंगलबार बिहान सगरमाथाको चुचुरोमा पुगिन् । उनी पनि सहयोगीको रूपमा सगरमाथा चढेकी हुन् । निशा आज नै काठमाण्डौ आउँदै छिन् ।
 
 
तस्विर : हिमग्याप टाँसी