Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोफसलमा पनि पत्रकार सम्मानित

फिल्मीखबर, हेटौंडा, 2013/05/21

१५ औं चलचित्र पत्रकारिता दिवसको अबसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले मंगलवार कला, साहित्य तथा रंग पत्रकारितामा बिशेष योगदान पुर्‍याएको भन्दै पत्रकार मणिराज गौतम र पत्रकारितामा लामो समयदेखी कलम चलाएका पत्रकार न्हुछेमान श्रेष्ठलाई नगद सहित सम्मान गरेको छ ।

 

दिवसको अवसरमा संघले गौतमलाई नगद ५ हजार र श्रेष्ठलाई नगद ३ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित पत्रकारहरुलाई चलचित्र निर्माता एबं बितरक नरेन्द्र महर्जनले टिका लगाईदिएका थिए भने जिल्ला विकास समितीका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले मायाको चिनो, हेटौडा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत बिके महर्जनले दोसल्ला, प्रमुख अतिर्थी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप बिष्टले सम्मान पत्र, प्रेश युनियनका केन्द्रिय सदस्य राममणी दाहालले खादा ओडाउनु भएको थियो ।

 

यसै गरी द रेमण्ड टेर्लसका प्रो. बिष्णु श्रेष्ठ र न्यु स्टाईल टेर्लसका प्रो. बिधुत्त बज्रचार्यले सम्मानित पत्रकारहरुलाई एक एकजोर कोट प्रदान गरेका थिए । गौतमले यसअघि चलचित्र पत्रकार संघ केन्द्रिय कार्यालयले प्रदान गरेको मोफसल चलचित्र पत्रकारिता पुरस्कार समेत प्राप्त गरिसकेका थिए । उनी हाल जिल्ला शाखा सचिव पनि हुन् भने श्रेष्ठ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका संस्थापक अध्यक्ष हुन् ।

 

 

यसअघि सो पुरस्कार शाखा अध्यक्ष रामशरण दुलालले प्राप्त गरेका थिए भने यसपटक शाखा सचिवलाई सो पुरस्कार प्रदान गरिएको हो । दिवसको अवसरमा कला साहित्य र नेपाली चलचित्रमा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया समेत आयोजना गरिएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप बिष्टको प्रमुख आतिथ्यता एवं चलचित्र पत्रकार संघ शाखा अध्यक्ष रामशरण दुलालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
 

 

चलचित्र पत्रकारिता पुरस्कार पत्रकार कोइरालालाई
प्रदिप कार्की , सर्लाही


चलचित्र पत्रकार संघ सर्लाही महोत्तरी शाखाले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार रेडियो दर्पण महोत्तरीका भोजराज कोइरालालाई दिने भएको छ । शाखाले  संघको १५औँ स्थापाना दिवशको अवसरमा आज संघका उपाध्यक्ष समेत रहेका पत्रकार कोइरालालाई चलचित्र पत्रकारिता पुरस्कार दिने घोषणा गरेको हो । शाखाले गएको वर्ष देखि संघमा आवद्ध रहेर रंग पत्रकारितामा क्रियाशिल एक जनालाई ५ हजार १ रुपैँयाले पुरस्कृत गर्दै आएको छ ।

 

संघको आज हरिवनमा बसेको बैठकले महोत्तरीमा एक कार्यक्रम गरी पुरस्कार वितरण गर्ने निर्णय गरेको छ । सर्लाही र महोत्तरीमा क्रियाशिल रंग पत्रकारहरुको हक हितका लागि गठित शाखा विगत २ वर्ष देखि सक्रिय छ । शाखाले चलचित्र पत्रकारिता तालिम, सभा सम्मेलन ,चलचित्रको स्पिकर्स कर्नर र चलचित्रको च्यारीटी शो गर्दै आएको छ । शाखाको गठन भएपछि चलचित्र पत्रकारिता गर्न सजिलो भएको सर्लाही र महोत्तरीका रंग पत्रकारहरुले बताएका छन् ।

 

चलचित्रकर्मीहरुले पनि चलचित्र पत्रकार संघ सर्लाही महोत्तरी शाखा गठन भएपछि आफुहरुलाई चलचित्र सम्बन्धी विभिन्न कामहरु गर्न सहज भएको बताएका छन् । शाखाको गठन भएपछि सर्लाही र महोत्तरीमा चलचित्रको छायाकंन गर्ने क्रम पनि बढेको छ ।