Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकारिता पुरस्कार पाउनेलाई गिफ्ट ह्याम्परको ओईरो

फिल्मीखबर, काठमाण्डौ, 2013/05/21

अत्यन्त उत्साहको माहोलमा चलचित्र पत्रकारिता दिवस आज मनाईएको छ । राष्ट्रिय चलचित्र नीति निर्माण समितिका संयोजक यादव खरेल, महानायक राजेश हमाल सहित हिरोईनहरु करिश्मा मानन्धर, झरना थापाको साथमा हिरोहरू जीवन लुईटेल र आर्यन सिग्देल प्रमुख आकर्षणको रुपमा रहदै चलचित्र पत्रकारिता पुरस्कार २०६९बाट सन्दिप सापकोटा र सन्तोष रिमाल पुरस्कृत भएका छन् । उनीहरुलाई जनही १५ हजार ५ सय ५५ राशि सहित ताम्रपत्र र शिर देखि पाउसम्म प्रयोगमा आउने एक लाख राशी माथिको दर्जन बढी गिफ्ट ह्याम्परहरु प्रदान गरिएको छ ।


२०५९ साल देखि हरेक जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसको रुपमा चलचित्र पत्रकारहरुले मनाउदै आएका छन् र यहि दिनका दिन चलचित्र पत्रकारितामा योगदान पुर्‍याउने पत्रकारहरुलाई पुरस्कृत एवं सम्मान गर्ने ट्रेण्ड सुरु गरिएको हो । यस्तै ०६९को पत्रकारिता सम्मानबाट बिजयरत्न तुलाधर सम्मानित भएका छन् । उनलाई पनि शिर देखि पाउसम्म प्रयोगमा आउने गिफ्ट ह्याम्पर कार्यक्रममा उपस्थित फिल्मकर्मीले प्रदान गरेका थिए ।


पन्ध्रौं बर्षिकोत्सवको रुपमा आयोजना गरिएको भब्य र स्टाईलिष्ट कार्यक्रममा २०७०का लागि पनि पुरस्कृत एवं सम्मानित हुने पत्रकारहरुको नाम सार्वजनिक गरिएको छ । २०७० बाट पुरस्कृत हुनेमा अन्नपूर्ण पोष्टमा कार्यरत अशोक प्यासी राई र नागरिक शुक्रबारमा कार्यरत जयन सुब्बा मानन्धरको नाम छ । यस्तै संघले पत्रकारिता सम्मानबाट अन्नपूर्ण पोष्टमै कार्यरत अनन्त वाग्लेको नाम सार्वजनिक गरेको छ ।

 

जीवनको कवितामा 'पत्रकार र कलाकारको सम्बन्ध'

 

साहित्यमा निकै रूचि राख्ने नायक जीवन लुईटेलले चलचित्र पत्रकार संघको १५ औं बार्षिकोत्सवको अवसरमा पत्रकार र कलाकारको सम्बन्धको बारेमा कविता सुनाए । जीवनले आफ्ना कवितामा पत्रकार र कलाकारको सम्बन्ध अन्योन्याश्रीत रहेको बताएका थिए । उनले फुराएको कविता यस्तो छ -

तिमी नभएको भए म पनि हुन्थिन होला सायद
तिमी छौ म छु अनि हामी छौं
तिमीले अखबारमा समाचार नबनाएको भए
तिमीले किबोर्ड र माउस नचलाएको भए
तिमीले हरेक टेलिभिजनमा मलाई नपल्टाएको भए
सायद म सिनेमा हलको बन्द कोठा भित्र हुन्थें होला
या हुन्थें बाटाका भित्ताहरूमा टाँसिएको
या हुन्थें पोल र तुलहरूमा झुण्डिएको
म एक्काईसौं शताब्दीको नायक या कलाकार
जसरी तिमी सम्बोधन गर्छौ
म खुला पंक्षी भई आकाशमा उड्न चाहन्छु
म संसारलाई नजिकबाट नियाल्न चाहन्छु
मलाई विश्वास छ तिमीले मलाई मार्गदर्शन गरिनै रहनेछौ
किनकी, यहि धरातलमा तिमी छौ, म छु त्यसैले त हामी छौं ।