Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निशाले पनि सगरमाथा चुमिन्

फिल्मीखबर, काठमाण्डौ, 2013/05/21

आईतबार बिहान हिरो अर्जुन कार्कीले सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमे लगत्तै हिरोईन निशा अधिकारीले पनि सगरमाथा यात्रा  सफल गरेकी छिन् । 

 
निशाले आज बिहान ८ बजेको  समयमा सगरमाथामा पाईला राखेकी हुन् । निशा चैत्र २७ गते सगमाथा चढ्नका लागि काठमाण्डौबाट हिडेकी थिईन् । प्रक्रिया पूर्ण रुपमा नबुझी यो यात्रामा निस्कएकी निशा र अर्जुनको सगरमाथा यात्रा आरोहीको सहयोगीको रुपमा मात्र रेकर्ड हुनेछ ।  
 
निशा भोली बिहान सम्ममा काठमाण्डू आईसक्ने बताईएको छ भने अर्जुन कार्की आज मध्यान्न १२ बजे काठमाण्डू अवतरण हुँदैछन् । अर्जुनलाई स्वागत गर्न कलाकार संघको टोली त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल पुगेको छ ।