Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आज चलचित्र पत्रकारिता दिवस

फिल्मीखबर, काठमाण्डौ, 2013/05/21

जेठ ७ गते अर्थात आजको दिन चलचित्र पत्रकारहरूले चलचित्र पत्रकार दिवस मनाउँदै छन् । सुस्ताएको फिल्म ईन्डष्ट्रीलाई जोगाउन दिनरात खटिरहने पत्रकारहरु मध्येका दुई पत्रकारहरुलाई आज यहि सन्दर्भमा पुरस्कार प्रदान गरिदैछ भने एक बरिष्ठ पत्रकारलाई सम्मान प्रदान गरिदैछ ।

 

नागरिक दैनिकका सन्तोष रिमाल र हरेक हप्ता एनटीभि प्लसमा चित्रलहर कार्यक्रम सञ्चालन गर्दै आएका सन्दीप सापकोटा चलचित्र पुरस्कारबाट पुरस्कृत हुदैछन् भने बिजयरत्न तुलाधर सम्मानित हुन लागेका हुन् ।

 

 

पन्ध्रौ बार्षिकउत्सवका रुपमा मनाईन लागिएको चलचित्र पत्रकारिता दिवसको अबसरमा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी सहित निर्वतमान अध्यक्ष शान्तिप्रियले सम्पूर्ण चलचित्र पत्रकारहरुलाई शुभकामना दिएका छन् । २०५६ सालमा भरत शाक्यको नेतृत्वबाट गठन भएको यो संघले स्थापना भएको तीन बर्ष पछि २०५९ सालबाटै चलचित्र पत्रकारिता दिवस सहित पुरस्कार समेत दिने निर्णय  गरेको । 

 
२०५९ सालमा महासचिव रहेका शान्तिप्रियले चलचित्र पत्रकारिता पुरस्कार हरेक बर्ष आजैको दिन जेठ ७ गते दिने कार्यलाई लागु गराउन ठूलो भूमिका खेलेका थिए । जुन कार्यमा सम्मान  समेत थप्दै विदुर गिरीले एक बरिष्ठ पत्रकारलाई पत्रकारिता सम्मान दिदै पुरस्कार र सम्मानको कार्यलाई थप बृहत बनाएका हुन् ।