Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आदित्य र सोनाको चोखो माया (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/05/21

यहि जेठ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नेपथ्य'को लभ सङ रिलिज गरिएको छ । अष्ट्रेलिया र नेपालमा सुटिङ गरिएको सो गीतमा आदित्य बुढाथोकी र सोना तिमल्सिनाको चोखो माया देखाउन खोजिएको छ । प्रस्तुत सार्वजनिक गीतमा फिल्मकै नायक मानव सुवेदीको शब्द, संगीत र स्वर रहेको छ ।

 

सपना सबैका हुन्छन् तर सबैको सपना पुरा हुँदैनन् । नेपाली फिल्म नेपथ्य पनि यस्तै सपना देख्ने चरित्रहरुको कथा हो । सपना पूरा गर्नका लागी मान्छेले कस्ता-कस्ता आरोह अवरोहहरु भोग्नुपर्छ भन्ने विषयलाई नै मुख्य कथाबस्तु बनाएको फिल्म नेपथ्यलाई रामराजा दाहालले निर्देशन गरेका हुन् ।  यसअघि मुलधारका फिल्महरु बनाउँदै आएका निर्देशक दाहालले यसपाली नयाँ अनुहारलाई लिएर फिल्म बनाएका छन् ।

 

विशेष गरि अहिलेका युवापुस्ताको सपनालाई फिल्ममा उतारिएको नेपथ्यमा विल्सन विक्रम राई, आदित्य बुढाथोकी, मानव सुवेदी, रेम विक र सोना तिमल्सिनाको मुख्य भुमिका रहेको छ । फिल्ममा शुष्मा कार्कीलाई आईटम गर्लको रूपमा देख्न सकिनेछ । सुवाससिंह बस्न्यातको लेखन रहेको फिल्मको छायाँकन सुसन प्रजापतिले गरेका हुन् । बाबु बलामीको एक्सन रहेको फिल्ममा गम्भिर बिष्टले कोरियोग्राफि गरेका छन् सम्पादन रोशन लामिछानेले गरेका छन् ।