ईलेक्सन जित्दाको दिन नवल खड्काको मुहारमा जुन किसिमको हर्ष थियो त्यो भन्दा कयौ गुणा हर्ष आज उनलाई प्राप्त भएको छ । आफ्नो नेतृत्वमा कलाकार संघ रहेका बेला संसारकै फिल्मकर्मीहरुका लागि गर्व गर्न लायक काम हिरो अर्जुन कार्कीले गरेको भन्दै नवलले जीवनकालमै आजको दिनको जस्तो खुशी यस अघि नभएको बताए ।
नवलले भने- 'अर्जुनले कलाकार संघको झण्डा सगरमाथा फर्फराएको समाचार सुन्दा ईलेक्सन जित्दाको दिन भन्दा ज्यादा खुशी महसुश भएको छ ।' फिल्ममा असफलता ब्यहोरेका कार्कीले सगरमाथा चढ्ने प्रयास गर्न खोज्दा नवलले संघ मार्फत कार्कीलाई हौसला प्रदान गरेका थिए ।
उनले प्रेस मिट देखि लिएर पशुपती नाथबाट जल लिएर सगरमाथा यात्रामा निस्कने बेलामा पनि उच्च सहयोग अर्जुनलाई गरेका थिए जुन सहयोग गर्दा फिल्ममा फेल खाएको हिरोलाई ज्यादा सपोर्ट भयो भन्ने आलोचना पनि खेपेका थिए उनले ।
.jpg)

