आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'उमा'लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । सोमबार फिल्म हेरेपश्चात सेन्सर बोर्डले केहि सिन र संवादमा आपत्ति जनाउँदै पिजी सर्टिफिकेट थमाएको हो ।
केहि संवादलाई म्यूट गर्न भनेको छ भने ऋचा शर्मा र प्रमोद अग्रहरीको एउटा रोमान्टिक सिनलाई छोट्याउन भनेको छ,' पब्लिसिटी डिजाईनर स्वप्निल आचार्यले सेन्सरको बिषयमा जानकारी दिंदै भने- 'फिल्मलाई भने सबैले रूचाउनु भयो ।' माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको प्रेम सम्बन्धको वरिपरि घुमेको फिल्म 'उमा'लाई छिरिङ रितार शेर्पाले निर्देशन गरेका हुन् ।
नेपालका विगत र वर्तमान राजनीतिक घटनाक्रम तथा परिवर्तनले नेपालीको जनजीवनमा पारेको प्रभावलाई उतार्न खोजिएको यो फिल्ममा ऋचा र प्रमोदको साथमा सौगात मल्ल, प्रबिन खतिवडा, मिथिला शर्मा लगायतले अभिनय गरेका छन् । मिला प्रोडक्सनको ब्यानरमा निर्देशक स्वयंले निर्माण गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको संगीत रहेको छ ।

