राजनीति फिल्मको एक्सन कटको नशाले हुनसक्छ कोमल वलीले डाईरेक्टर हुने छनक देखाएकी छिन् । नेपाल फिल्म सोसाईटीले आयोजना गरेको कार र्याली पश्चातको कार्यक्रममा वलीले आज केही टप डाईरेक्टरहरुलाई स्टेजमा नचाउन सफल भएकी हुन् ।
वलीले एक्सन भन्दै आफ्नो चर्चित गीत 'उसले भन्यो ए नानी गाजले..' गाउँदै डाईरेक्टरहरुलाई स्टेजमा छमछमी नचाएकी हुन् । सवै भन्दा पहिले उनले सोसाईटीका अध्यक्ष समेत रहेका कृष्ण मल्ललाई स्टेजमा नचाएकी थिईन् त्यसपश्चात उज्जवल घिमिरेलाई । उज्जवलले तालमा ताल मिलाएपछि वलीले डाईरेक्टररुका अध्यक्ष दिनेश डिसीलाई स्टेजमा बोलाएकी मात्र के थिईन् डिसीले लोक गीतमा हिपहप स्टेप हानिदिएपछि माहोल रोमाञ्चित बनेको थियो ।
यस्तै वलीले तीतो सत्यका लिड आर्टिष्टहरु दीपकराज गिरी, दीपाश्री र निर्मल शर्मा (गैडा)लाई पनि स्टेजमा नाच्न बाध्य बनाईन् । १ सय किलोको वजनमा गैडाले ठूलो भुडी हल्लाउदै लेडिज स्टेप हान्दा थोरै क्राउडले भरिएको माहोल हाँसोले गुञ्जयमान बनेको थियो । वलीले प्रेम राजा महतसँग 'बाँझो खेतमा छड्के सलाम...' गाउँदा कलाकार संघका अध्यक्ष नवल खड्का सहित कोरियोग्राफर शंकर विसी र जितु नेपाल पनि स्टेजमा उक्लिन बाध्य भए ।
'सुरक्षित एवं दिगो सडक' भन्ने अभियानलाई बोकेर आयोजना गरिएको कार र्यालीमा ८० फिल्कर्मीहरुको उपस्थिती थियो । कमलादी स्थित नेपाल एकेडेमीबाट सुरु भएको कार र्यालीलाई फिल्म क्षेत्रकी फष्ट लेडी भूवन चन्दले उद्घाटन गरेकी थिईन् । र्याली पुतलीसडक, प्रदर्शनी मार्ग, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोलबाट जावलाखेल हुँदै पुनः एकेडेमीमा आएर समापन भएको थियो ।
पव्लिक अवरनेश बढाउन यो कार्यक्रम गरिएपनि माईकिङ र प्रचारवाजी हुन नसक्दा कार र्याली केका लागि गरिएको भन्ने बिषयमा पव्लिकले बुझ्न नसक्दा प्रभावकारी हुन सकेन । मध्यान्नको घाममा आयोजना गरिएको र्याली फल्प भएको र्याली पश्चात विश्लेषण पनि भएको थियो । यध्यपी र्याली पश्चातको सानो साँस्कृतिक कार्यक्रमले भने सहभागीहरुको मुड फ्रेस बनाउन सफल भएको थियो । यो कार्यक्रमको संयोजक मदनदास श्रेष्ठ थिए ।
.jpg)
.jpg)
.jpg)
.jpg)


.jpg)
.jpg)
.jpg)

