गत दशैंमा रिलिज भएको फिल्म 'सो सिम्पल' भोली आईतवार हङकङमा प्रदर्शन हुँदैछ । नेपालमा व्यवसायिक घाटा बेहोरेको यो फिल्मलाई जेपिटी हङकङले रिलिज गर्न लागेको हो ।
'ठूलो फाईदा नभएपनि यसले केहि राहत भने दिन्छ,' निर्माता केशब भट्टराईले भने- 'सायद हङकङको रिलिजबाट राम्रो रेस्पोन्स आयो भने अरू ठाउँबाट पनि डिमाण्ड आईहाल्छ कि !' नेपालमा बिबिध कारणले फिल्म चल्न नसकेको बताउने केशबले हेरेका दर्शकले भने राम्रो प्रतिक्रिया दिएको बताए । 'यो फिल्म दशैंमा अरू तीन वटा ठूला फिल्मसँग भिडेको थियो जसले गर्दा कलेक्सनमा प्रत्यक्ष असर परेको हो ।
शिब रेग्मीको निर्देशनमा बनेको फिल्म 'सो सिम्पल' मा प्रमोद भारद्धाज, भावना रेग्मी, राजवल्लभ कोइराला, श्वेता भट्टराई, अशोक शर्मा, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट तथा शिशिर भण्डारीको अभिनय रहेको छ । कोटकी कालिका देवी फिल्मसको ब्यानरमा बनेको फिल्ममा प्रदिप भारद्धाजको कथा, पटकथा तथा संवाद, ताराप्रकाश लिम्बुको संगीत, हिमाल केसीको द्धन्दनिर्देशन, कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ । फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् ।

