Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रोड्यूसर एसोसिएसनमा विभिन्न निर्णय, स्पिकरको जिम्मेवारी सुरेश दर्पणलाई

अनुप भट्टराई, काठमाण्डौ, 2013/05/11

नवगठित प्रोड्यूसर एसोसिएसनको कार्यसमिति बैठकले आज विभिन्न निर्णय गरेको छ । मौखिक रुपमा यस अघिको पहिलो कार्यसमिति बैठकमा आन्तरिक सहमति गरे बमोजिम एसोसिएसनले निर्णयका बुदाँहरुमा केही थप गर्दै आज प्रेस रिलिज जारी गरि सम्पूर्ण निर्णय सार्वजनिक गरेको हो । 

 
पाँच शिर्षकमा गरिएको निर्णय अन्र्तगत दुई मनोनित कार्यसमिति सदस्य कोटामा गत निर्वाचनमा बिजेता केशब भट्टराईसँग कडा प्रतिश्पर्धामा आएका सुरेशदर्पण पोखरेल र सदस्य पदमा बिजयी हुन नसकेका प्रभु शम्शेर जवरालाई ल्याईएको छ । यस्तै कार्यसमिति सदस्यमा तानिएका दर्पणलाई सर्वसम्मतले स्पिकर (प्रवक्ता) सहित परामर्श डेष्क हेर्ने जिम्मेवारी पनि दिएको छ । 
 
 
जनरल प्रयाक्टीश अनुरुप स्थापनाकाल देखिनै स्पिकरको जिम्मेवारी महासचिवलाई दिईने गरिन्थ्यो तर यो पटक अध्यक्ष राजकुमार राईका राईट ह्याण्ड सुरेश दर्पणलाई अध्यक्षको तीब्र लविङ्गले उक्त पदको जिम्मेवारी दिईएको हो । महासचिव पदमा केशव भट्टराई छन् जसको असन्तुष्टी केही हद सम्म यो बिषयमा देखिन्छ । उनले फिल्मीखबरसंग कुरा गर्दे भने- 'अध्यक्ष ज्यूले सुरेश नै चाहिन्छ भन्ने किसिमको आग्रह गरेपछि मैले यो जिम्मेवारी नहर्ने भएको हुँ ।'
 
 
दर्पणले स्पिकर सहित परामर्श डेष्कबाट फिल्म निर्माणमा देखिएको गुणस्तरियता भन्दा संख्यात्मक बृद्धी भईरहेको तथ्यलाई मनन गरी फिल्म मेकिङमा ईच्छा देखाउनेहरुलाई आवश्यक सुझाव आफ्नो समितीबाट प्रदान गर्ने छन् । यस्तै आजको बैठकले ७ वटा उपसमितिका संयोजक पनि तोकेको छ । जसमा चलचित्र प्रदर्शन र वितरण समितको संयोजकको रुपमा सुनिल मानन्धरलाई नियुक्त गरिएको छ भने अन्तर संघसंस्था समितिको संयोजकमा उपाध्यक्ष उदय सुब्बा छन् । 
 
 
यसैगरी प्रेस तथा प्रकाशन समतिमा कविता श्रेष्ठ, भवन निर्माण समतिमा मधुकुमार श्रेष्ठ, न्यायिक समितिमा रोज राणा, अन्र्तराष्ट्रिय समन्वय समतिमा महासचिव केशव भट्टराई र पाईरेसी अनुगमन समितिको संयोजकमा करन श्रेष्ठ संयोजक तोकिएका छन् । बैठकले सात सदस्य सल्लाहकार समति पनि चयन गरेको छ जसमा क्रमश युवराज लामा, उद्धव पौडेल, नरेश पौडेल, रमेशजंग रायमाझी, डक्टर प्रदीप भट्टराई, नारायण पुरी र नकिम उद्दीन छन् ।