पछिल्लो समय निकै नजिक रहेकी मोडल पूजा शर्मालाई सुदर्शन थापाले आफ्नो नयाँ फिल्मको हिरोईन बनाउने घोषणा गरेका छन् । थापाले यो फिल्ममा आर्यनलाई पनि लिईने घोषणा गरेका छन् ।
ईन डिटेलमा उनले आफ्नो अपकमिङ फिल्मको घोषणा पछि गर्ने बताएका छन् तर अहिलेलाई आर्यन र पूजा आफ्नो फिल्मको लिड कलाकार भनी उनले फेसबुक मार्फत रिभिल गरेका हुन् । धन्दा फिल्ममा आर्यनलाई नलिईदा उनीसँग सुदर्शनको सम्बन्ध विग्रियो भन्ने हल्ला थियो तर यो खबर बाहिरसंगै उनीहरुको विग्रिएको सम्बन्ध रिकभर भएको प्रष्ट हुन्छ ।
थ्री लभर्स फिल्ममा यसअघि खेलिसकेकी पूजालाई लिएर सुदर्शनले पहिलो पटक म्यूजिक भिडियो पनि डाईरेक्सन गरेका थिए । अब हेरौं नयाँ फिल्ममा सुदर्शनले पूजालाई कसरी प्रस्तुत गर्छन् ?
पुजालाई लिएर सुदर्शनले डाईरेक्सन गरेको पहिलो म्यूजिक भिडियो हेर्नुस् -

