Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरजको भरोसा रिङरोडमा !

महेशकुमार खाती, पोखरा, 2013/05/10

नयाँ बर्ष २०७० शुरुवातसंगै नेपाली फिल्ममा केहि आशा गरिएको थियो । बर्ष २०६९ मा धेरै फिल्म रिलिज भएपनि लगानी उठाउन करिव १ दर्जन फिल्महरुमात्र सफल भए । नयाँ बर्षमा भने फिल्मले राम्रो गरोस् भन्ने सबैको कामना थियो तर शुरूवाती दिन भने सोचे अनुरूपको भएन ।
 


प्रत्येक हप्ता ३/४ वटा नयाँ फिल्महरुको भिडन्त भैरहेको छ । शुक्रबारमात्र ४ वटा फिल्म हलमा लागेका छन् । देशभर प्रदर्शनमा आएका नेपाली फिल्महरु हुन् रिङरोड, साँघुरो, ब्ल्याक नाईट र पहिलो माया हो मेरो । प्रदर्शनमा आएका यि चारै फिल्मको निर्माण टिमले आफ्नो फिल्म नै सबैभन्दा सबल रहेको र कलेक्सन पनि आफ्नै फिल्मको अगाडी रहेको दाबि गरिरहेका छन् । यथार्थ के हो त्यो भने कि वितरकलाई थाहा छ कि त हलवालालाई ।

 

काठमाडौंको रिङगरोड भित्र बेरोजगार बनेर बरालिएका युवाहरुको जीवनशैलीलाई रिङरोडले पर्दामा उतारेको छ । बेरोजगार युवाहरुको कथामा आधारित फिल्म थ्रीलर भएको र दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ । काठमाण्डौका ८ वटा हलसहित नेपालभरका २७ वटा हलमा प्रदर्शन भएको छ, रिङरोड । फिल्मको पब्लिसिटिको लागि पोखरामा आएका फिल्मका मुख्य नायक सुरज आरडीले पहिलो दिन दर्शकहरुको उत्साहजनक उपस्थिति हलमा भएको र ब्यापार राम्रो शुरुवात भएको बताए ।

 

ओसेन भीजनको ब्यानरमा निर्माण भएको रिङरोडलाई सन्तोष ढकाल र समुन्द्र भट्टले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्मका प्रस्तुतकर्तामा बिजय गोपाल दली रहेका छन् । सुरज आरडी, जिया केसी, उषा खरेलको मुख्य भुमिका रहेको रिङरोडमा बसन्त रिजाल, विश्वास घले, प्रकास केसी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा रमन गायकको संगीत, सकुन्तला रसाईलीको लेखन, राम केसीको कोरियोग्राफि रहेको छ । रिङरोडलाई प्रकाश महतले खिचेका हुन् ।

 

थुप्रै फिल्म खेलेर पनि उकासिन नसकेका नायक आरडीलाई रिङरोडले कहाँ पुर्‍याउने हो त्यो हेर्न भने बाँकि नै छ । फिल्म 'बिन्तीपत्र' निर्माण र अभिनयसँगै यो क्षेत्रमा लागेका आरडीले दर्जनौ फिल्ममा अभिनय गरेका छन् । ‘रिङरोड युवाहरुलाई सचेत बन्नका लागि सन्देश दिने फिल्म हो,' आरडीले भने–‘सबैले मन पराईदिनुहुन्छ भन्नेमा आशावादी छु ।’