फिल्म डेभलपमेन्ट बोर्डको सल्लाहकार समितिको सभापतिमा अशोक शर्मालाई चयन गरिएको छ । आज बसेको बोर्ड बैठकले सल्लाहकार समितिमा रहेका सात सदस्यबाट अशोकलाई यो समितिको सभापति बनाएको प्रशासन अधिकृत अनुपम निरौलाले जानकारी दिएका छन् ।
बोर्डलाई अगामी दिनमा सहि दिशामा डोर्याउने हेतुका साथ गठन गरिएको यो समितिमा अशोक सहित तपनाथ शुक्ला, केपी पाठक, राजकुमार पोखरेल, शिव श्रेष्ठ, रेखा थापा र राजेन्द्र शलभ छन् तर शलभले जुनसुकै बेला आफ्नो सल्लाह आवश्यक परेको खण्डमा दिन तयार रहेको तर्क गर्दै उक्त समितिमा नबस्ने निर्णय गर्दा खालि हुने शलभको स्थानमा कस्लाई ल्याईने भन्ने बिषयमा छलफल भईरहेको अधिकृत निरौलाको भनाइ छ ।
यस्तै यो समितिले विगत ३ बर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्डमा तीन बर्षकै फिल्म र श्रष्टाहरुलाई पुरस्कृत गर्ने सुझाव पनि दिएको छ जुन प्रस्तावलाई आजको बोर्ड बैठकले पास गरेको छ ।

