Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

बिहे गर्न हतारिएकै हुन् त यशराज ?

फिल्मीखबर, काठमाण्डौ, 2013/05/10

बिहे हुन अझै २ महिना बाँकि छ तर हिरो यशराज गरच भने अलि हतारिएको देखिन्छन् । बिहिबार फिल्म साँघुरो प्रिमियरमा हुनेवाली जीवनसंगिनी अञ्जना मिश्रलाई उपस्थित भएका हिरोले बिहे गर्न हतार भएको छनक देखाएका हुन् ।

 

 

'अझै दुई महिना बाँकि छ,' बिहे नहुँदै जोडी बाँधेर आएका यशराजले मुसुक्क हाँस्दै भने- 'अब बिस्तारै चिनजान गराउन सँगै हिडेको नि !' यसअघि एक स्टुडियोको उदघाटन समारोहमा पुगेको यो जोडी फिल्मी माहोलमा भने हिजो पहिलो पटक देखिएको हो । फिल्मकर्मीमाझ हुनेवाली जीवनसाथीलाई चिनाजन गराउँदा यशराजलाई सबैले अग्रिम बधाई दिएका थिए ।

 

११ बर्ष पछिको प्रेमलाई यशराजले बिबाहमा परिणत गर्न लागेका हुन् । अगामी असार ३० गते यो जोडी बैबाहिक बन्धनमा बाँधिने छ । यसअघि माघ १९ गतेका लागि लगन जुराईएको थियो तर नागबेली फिल्मको सुटिङले गर्दा पारिवारिक सहमतिमा असारमा बिहेको लगन जुराईएको यशराजको भनाई छ ।

 

 

पुतलीसडक ब्रान्चको नेपाल इन्भेष्टमेन्ट बैंकमा जागिरे रहेकी काठमाण्डौकी स्थायी अञ्जनालाई यशराजले काठमाण्डौमा नै भित्र्याउने छन् । बिराटनगरका स्थायी बासिन्दा यशराजको मूल थलो भारतको गुजरात हो भने अञ्जनाको भारतकै बनारस हो ।