Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचारमन्त्रीलाई भेटेर के भने फिल्मकर्मीले ?

फिल्मीखबर, काठमाण्डौ, 2013/05/09

नेपाल चलचित्र निर्देशक समाजको नवनिर्वाचित पदाधिकारीहरुले आज सूचना तथा संचारमन्त्री माधव पौडेललाई भेट गरे । समाजका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा गएको सो टोली २०६९ माघ १९ गते तत्कालिन संचारमन्त्रीले आन्दोलनरत फिल्मकर्मीहरुसंग गरेको सम्झौता पत्रको फोटोकपि सहित सो मागहरु बारे स्मरण गराउँदै यथाशक्य चाँडो माग र सम्झौताका बुँदाहरु कार्यान्वयनको लागि अनुरोध गर्‍यो ।

 

 

अध्यक्षले मागपत्र मन्त्रीलाई हस्तान्तरण गर्नु अघि समाजको महासचिव श्री ऋषि लामिछानेले उक्त पत्र पठेर सुनाएका थिए । संचारमन्त्री पौडेलले सो वारे जानकारी लिई यथाशक्य चाँडो कार्यान्वयन गर्ने आश्वसन दिए भने पुरा हुन नसक्ने अन्य समस्याहरुलाई अब बन्ने फिल्मको राष्ट्रिय नीतिमा समावेश गर्ने बताए । टोलीमा समाजका उपाध्यक्षद्धय राजु केसी र सुचित्रा श्रेष्ठ, कोषाध्यक्ष सुमन दाहाल, सहकोषध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्यहरु योगेश घिमिरे, गोकुल राई, शेखर खनाल र दुर्गा नेम्वाङको उपस्थिति थियो ।