Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जापानी निर्देशकको `माई लभ`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/09

हाल देशभर चलिरहेको फिल्म 'शिरिषको फूल'का निर्देशक निर्देशक डा. तोसिआकी इतोले नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । निर्देशक इतोले बुधबार बिहान नयाँ फिल्म 'माई लभ'को मुहुर्त गरे ।

 

नेपालको इतिहाससँग जोडिएको फिल्म 'विक्रम संवत् जिरो'को निर्माण घोषणा गरेका इतोले सो प्रोजेक्टलाई रोकेर प्रेमकथानक फिल्म 'माई लभ'को निर्माण गर्न लागेका हुन् । शिरिषको फूलमा अभिनय गरेका गणेश लामाकै मुख्य भुमिका रहने यो फिल्ममा शीतल श्रेष्ठको पनि मुख्य अभिनय रहनेछ ।

 

अभिनेता लामाको कथा र जया ओझाको पटकथा रहेको यो फिल्मलाई क्रिएसन नेपालले निर्माण गर्दैछ । गौरीशंकर धुँजूको छायाँकन रहने यो फिल्मलाई सह-निर्देशनमा पत्रकार तथा निर्देशक बिजयरत्न तुलाधरले सघाउने छन् । तुलाधरले शिरिषको फूलमा पनि सह-निर्देशनको जिम्मा पाएका थिए । निर्देशक इतोले बिहान फिल्मको मुहुर्त गरि साँझ फिल्मकर्मी तथा सञ्चारकर्मीहरू माझ रात्री भोजसँगै आफ्नो फिल्म अनुभव साटेका थिए ।