डिष्ट्रीब्यटरले कर्कश फिल्म फिक्समा मागेपछि डाईरेक्टर आशिफ साह सहित उनको टिम दोधारमा परेको छ । नम्बर वान डिष्ट्रीब्यूटरको रुपमा चिनिएका नरेन्द्र महर्जनले अचानक कर्कश हेरे पश्चात यो निर्णय गर्दा कर्कश टिम हर्ष र विस्मतको दोधारमा परेको हो ।
'नरेन्द्र दाईले फिल्म हेरेपछि अल नेपाल फिक्समा माग्नु भा'छ त्यसैले हामी दोधारमा परिरहेका छौ,' आशिफले फिल्मीखबरसंगको कुराकानीमा भने । जेठ ३१ रिलिज मिति बनाईएको कर्कशलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ त्यसकारण पनि फिक्समा मागिदा आफूले कुनै पनि डिसिजन दिन नसकेको आशिफ बताउछन् । डिष्ट्रीब्यूटरबाट यो एप्रोच भएपछि आशिफले आफ्नो तर्फबाट ७० लाख डिमान्ड गरेको बताएका छन् जुन रकममा डिष्ट्रीब्यूटर कन्भिन्स हुन सकेका छैनन् ।
आशिफ भन्छन्- '७० लाख भयो भने हामी मान्न सक्ने आधार छ किनकी ओभरसिज राईटसले नाफाको रेसियोमा हामीलाई माथि पुर्याउने छ ।' जेठ ३१ सम्म कर्कशको बजेट ६० लाख पुग्ने बताइएको छ । यता बितरक महर्जनले फिल्मको चर्चा देखेर फिक्समा किन्न खोजेको बताए । 'फिल्मको केहि भाग पनि हेरें अनि चर्चा पनि राम्रो छ । यो फिल्मले खसेको बजारमा उकास्ने छनक देखेको हुनाले किन्न खोजेको हुँ,' नरेन्द्रले भने ।
पैसाको बारेमा भने कुरा नमिलेको उनको भनाई छ । 'उहाँहरूले अलि धेरै नै डिमाण्ड गर्नुभयो,' नरेन्द्रले भने- 'कुरा भईरहेको छ । यदि उपयुक्त रकममा पाएँ भने फिक्समा किन्छु ।' नाफा बढी गर्न नेपालमा हिन्दी फिल्मलाई डिष्ट्रीब्यूटरले फिक्समा किन्ने गरेका छन् तर नेपाली फिल्मलाई यस किसिमको डिमान्ड गरिदा यो प्रसंगलाई प्रशंशा सहित फिल्म चलाउने स्क्यान्डलको शंकाले पनि हेर्न सकिन्छ ।

