Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

४२ दिन पछि फर्कियो `पीपल`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/08

पीपल र त्यसकै छहारीमा जन्मेको नयाँ मानव जीवनसँगको सम्बन्धमा आधारित रहेर दलित र गैर्‍ह दलित विचको पारिवारिक, आर्थिक तथा सामाजिक द्धन्द्धको बिषयमा निर्माण गरिएको फिल्म 'पीपल'को सुटिङ सकिएको छ ।

 

गत चैत्र महिनाको दोस्रो साताबाट पाल्पा, स्याङ्जा, गुल्मी र कास्कीका बिभिन्न रमणिय स्थानमा सुटिङ शुरू गरिएको यो फिल्म ४२ औं दिनमा प्याकअप गरि युनिट काठमाण्डौ फर्किएको छ । लामो समयपछि अभिनेत्री अरूणिमा लम्साल यसै फिल्मबाट कमव्याक हुँदैछिन् । फिल्ममा अरूणिमाको साथमा किशोर खतिवडा, शुष्मा अधिकारी, अमिर सिंह ठकुरी, ध्रुब कोईराला र रजवल सिलवालको मुख्य भुमिका रहेको छ ।

 

केहि म्युजिक भिडियो तथा भिडियो फिल्म निर्देशन गरिसकेका निरञ्जन कसजुले निर्देशन गरेको यो फिल्मलाई रेड एप्पल मुभिजले निर्माण गरेको हो । फिल्मको कथा निर्देशक कसजुकै हो भने निर्माता पनि उनी नै हुन् । फिल्ममा लोचन घिमिरे र रेखा पौडेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, योगेन्द्र श्रेष्ठको द्धन्द्धनिर्देशन तथा प्रदीप श्रेष्ठको करियोग्राफी रहेको छ । अनमोल शर्माको सह-निर्देशन रहेको यो फिल्मको प्रोडक्सन सुवास काफ्ले 'दु:खी'ले हेरेका हुन् ।