Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

गर्लान् त कलाकारले बाग्मतीको सफाई ?

फिल्मीखबर, काठमाण्डौ, 2013/05/08

फोहोरको डंगुरले छोपिएको राजधानीको बाग्मती नदीको सरसफाई गर्न कलाकारहरू अग्रसर हुने भएका छन् । जेठ ४ गते रंगशालामा फुटबल खेल्ने र ५ गते बाग्मती सफा गर्न कलाकार पाशुपत क्षेत्रमा पुग्नेछन् । सामाजिक कार्यमा खासै सक्रिय नदेखिने कलाकारहरू बाग्मती सफा गर्न अगाडी सर्लान् त ?

 

 

यसअघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले कलाकारहरूलाई साथ लिएर काठमाण्डौ नगर सरसफाई गर्ने योजना ल्याए तर असफल भयो । त्यसपश्चात पनि कलाकारहरूलाई थुप्रै सामाजिक कार्यमा अग्रसर हुन आग्रह गरियो तर नाम चलेका अनुहारहरू निष्क्रिय देखिए । यसपाली भने कलाकारहरूले कत्तिको चासो देखाउने हुन् हेर्न बाँकी छ । जे होस् नेपाल चलचित्र कलाकार संघ र नेपाल विज्ञापन संघले जेठ ४ गते दशरथ रंगशालामा भने नाम चलेका कलाकारहरूलाई फुटबल खेलाउन मैदानमा उतार्ने अन्तिम तयारी गरेको छ ।
 
बुधबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरि यि दुई संघले बाग्मती सफाई जनचेतना अभियानका लागि प्रतिष्ठित कलाकार एवं  नेपाली विज्ञापनकर्मी तथा मोडलहरू विच भकुण्डो भिडन्त गर्न लागेका हुन् । बाग्मती नदी सरसफाईका लागि ४ गते फुटबल खेल मार्फत जनचेतना अभियान सम्पन्न गरी जेठ ५ गते बिहान ८ बजे गुहेश्वरी देखि सिनामंगल पुलसम्म आन र फानको अगुवाईमा वाग्मती नदी, पशुपती र गुहेश्वरी परिसर सरसफाई ब्गर्ने योजना रहेको पत्रकारहरूलाई जानकारी गराईयो ।