Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मी जर्नलिस्टलाई उपचारमा छुट !

फिल्मीखबर, काठमाण्डौ, 2013/05/08

ललितपुरको महालक्ष्मीस्थानमा रहेको 'शुभतारा हस्पिटल एण्ड रिचर्स सेन्टर’ले फिल्मी जर्नलिस्टहरूलाई उपचारमा बिशेष छुट दिने भएको छ । बुधबार बिहान हस्पिटल परिसरमा प्रेम मिटको आयोजना गरि हस्पिटलले फिल्म जर्नलिस्टहरूलाई बिभिन्न खाले उपचारमा ८ देखि २० प्रतिशत सम्म छुट दिने बताएको हो ।

 

हस्पिटलको सुचना तथा संस्कृति विभागका संयोजक किरण केसी र चलचित्र पत्रकार संघको विशेष पहलमा यस किसिमको छुट योजना ल्याईएको हो । उपचारमा छुट लिनका लागि जर्नलिस्टहरूले चलचित्र पत्रकार संघको साधारण सदस्यता कार्ड देखाउनु पर्ने हुन्छ । यस्तै रोग र बिरामीको आर्थिक अवस्था हेरेर पत्रकार संघले सिफारिस गरेको खण्डमा अस्पतालले शत प्रतिशत छुट समेत दिने सम्झौता भएको संघका अध्यक्ष विदूर गिरीले बताए ।

 

यस्तै अध्यक्ष गिरीले डेन्टल अस्पताल सहित अन्य बिधाका केहि अस्पतालमा पनि पत्रकारहरूलाई छुट दिने व्यवस्था मिलाउने तयारी भएको बताए । 'कुरा लगभग फाईनल नै भएको छ, एग्रिमेन्ट नगरेकाले अहिले हामीले यो कुरालाई गोप्य नै राखेका छौं,' गिरीले भने । पत्रकारहरूको आर्थिक अवस्था कमजोर हुने गरेकाले पनि यस किसिमको छुटको व्यवस्था गर्दा सबैलाई आहत मिल्ने उनको भनाई छ ।