Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

१२ बर्षमा घर फर्किंदा रोज राणालाई भव्य सम्मान

अनुप भट्टराई, प्यूठान, 2013/05/07

प्यूठानको यो ईतिहास हो । रोज राणालाई गृह जिल्ला प्यूठानमा भव्य सम्मान गरिएको छ । १२ बर्षपछि गृह जिल्लामा  पाईला टेकेका रोजलाई १३ वटा गाडी र करिब ७० वटा मोटरबाईकको साढे दुई घण्टाको स्कटिङबाट प्यूठान स्थित पुण्य खोला गाँउ पुर्‍याईएको हो ।

 

तीन दिने प्यूठान बसाईका लागि आएका रोजलाई भालुवाङबाट कार्यक्रम स्थल स्वर्गद्वारी बहुमुखी क्याम्पस स्कटिङबाट पुर्‍याउदा स्थानिय गाउँले तीन छक्क परे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चौथो जिल्ला अधिवेशनको अवसरमा आयोजित विशेष कार्यक्रममा उनलाई चिफ गेष्टको रुपमा  निम्ता भएपछि उनी काठमाण्डूबाट प्यूठान आईपुगेका हुन् । कार्यक्रममा करिब ३ हजारको संख्यामा गाउँलेहरु क्याम्पसमा भेला भएका थिए ।


रोजले १२ बर्षपछि खोलो फर्किए झै छोरो घर फर्किएको भन्दै मासलाई सम्बोधन गर्दा हुटिङ र तालिको बर्षा भएको थियो । उनले आफ्नो अपकमिङ प्रोजेक्टहरुमा आफ्नै गाँउका कलाकारहरुलाई स्थान दिन पछि नपर्ने पनि कार्यक्रममा बताए । प्रोड्यूसर एसोसिएसनको नवनिर्वाचित उपाध्यक्षको हैसियतले पनि उनले आफ्ना क्षेत्रका स्थानिय कलाकारहरुलाई आफ्नो  ईन्डष्ट्रीमा प्रवेश गराउन पहिलो प्राथामिकता रहने  बताउन छाडेनन् ।


रोजले आफ्नो पहलमा लोक दोहोरी गायक गायिकालाई फिल्ममा गाउने अबसर दिनुपर्ने बताए । उनले काठमाण्डू फर्किए लगत्तै यो अभियान आफैले  सुरु गर्ने पनि उक्त कार्यक्रममा बताए । स्थानिय युवा लिलाप जंग केसी जो रोजको सम्मानका लागि प्रत्यक्ष लागेका थिए उनले फिल्मीखबरसंगको सम्बादमा रोजलाई दिईएको यो सम्मान सिंगो प्यूठानको शान भएको तर्क गरेका छन् ।