Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्दीपुरमा भाष्करकी `सुन्तली`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/07

गत आईतवारबाट तनहुँको बन्दीपुरमा भाष्कर ढुंगानाले पहिलो पटक एक्सन कट भनिरहेका छन् । 'सुन्तली' नाम जुराईएको फिल्मको शिर्ष भुमिकामा प्रियंका कार्कीले अभिनय गरिरहेकी छिन् । फिल्ममा प्रियंकाले सोझी गाउँले चञ्चले युवतीको भुमिका निर्वाह गर्दैछिन् ।

 

यसअघि कागवेनी र सानो संसार निर्माण गरेका भाष्करको यो फिल्ममा प्रियंकाको साथमा अर्पण थापा र खगेन्द्र लामिछाने मुख्य भुमिकामा छन् । नेपालमा डिजिटल प्रबिधि भित्र्याउन ठूलो योगदान दिएका भाष्करले फिल्म निर्माणसँगै अध्ययन पश्चात निर्देशनमा हात हालेका हुन् । उनकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद प्रविण अधिकारीले तयार पारेका हुन् ।

 

भाष्करसँग काम गर्न निकै सजिलो भएको प्रियंकाले बताईन् । 'उहाँ निकै ट्यालेन्ट हुनुहुन्छ,' प्रियंकाले भनिन्- 'हामीलाई काम गर्न निकै सजिलो भएको छ ।' धुवाँ, धुलो, कोलाहलबाट टाढा रहेर सुटिङ गर्दा निकै रमाईलो अनुभव भएको प्रियंकाले सुनाईन् ।