निम्फो अर्थात हाई सेक्सुअल डिजाएर भएकी युवतीको भुमिकामा नायिका सुमिना घिमिरेलाई दर्शकले हेर्न पाउने भएका छन् । फिल्म 'लभ फरेभर'मा सुमिनाले यौन प्यास मेट्न मरिमेट्न के कस्तो गर्छिन् भन्ने बिषयलाई केन्द्रबिन्दु बनाईएको छ ।
सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको यो फिल्ममा सुमिनाले एक सिनमा भनेकी छिन् 'आई लभ सेक्स' । यसबाट नै प्रस्ट हुन्छ कि सुमिनाले बेड सिन दिन कुनै कन्जुस्याईं गरेकी छैनन् । फिल्मको सार्वजनिक गीत र प्रोमोले पनि यो कुरालाई प्रस्ट्याउँछ । निर्देशक शंकर आचार्य भने फिल्ममा कुनैपनि किसिमको उत्तेजक सिन नरहेको दाबी गर्छन् । उनले नायिका घिमिरेलाई त यो फिल्मले न्वानर नै गर्ने दाबी गर्छन् । तृष्णाको भुमिकामा प्रस्तुत भएकी सुमिनालाई दर्शकले फिल्म हेरेपछि तृष्णाकै नामले चिन्ने दाबी शंकरको छ ।
असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको त्रिकोणात्मक फिल्म 'लभ फरेभर'मा सुमिनालाई नायक गजित बिष्ट र निरज बरालले साथ दिएका छन् । यो फिल्ममा नायक बराल नेगेटिभ भुमिकामा प्रस्तुत भएका छन् । यस्तै फिल्ममा निर्देशक आचार्यका छोरा राज आचार्यको पनि मुख्य भुमिका रहेको छ । तितो सत्यमा बालकलाकार बनेका राज यो फिल्ममा प्रस्तुतकर्ता पनि हुन् ।

सोमबार राजधानीमा फिल्मको फस्टलुक पोस्टर तथा प्रोमो र गीत सार्वजनिक समारोहमा निर्माता समेत रहेका निर्देशक आचार्यले आफ्नो पहिलो प्रयास भएकाले नराम्रो भन्दा पनि राम्रो कुरालाई औंल्याईदिन सञ्चारकर्मी समक्ष अनुरोध गरे । 'फिल्म क्षेत्रमा मैले निकै दु:ख पाएको छु र यो फिल्म पनि निकै दु:ख गरेर बनाएको छु । त्यसैले नराम्रो नलेखिदिनु होला,' शंकरले हात जोड्दै भने- 'तपाईंहरूले राम्रो भनिदिनु भयो भने मलाई अर्को फिल्म बनाउन हौसला मिल्नेछ नत्र म पलायन नै हुन्छु ।'

फिल्ममा चेतन सापकोटाको संगीत, निरज कँडेलको छायाँकन, गम्भीर विष्टको नृत्य निर्देशन, सूर्य थोकरको द्वन्द्व, नविन निरौलाको सम्पादन रहेको छ भने पब्लिसिटी डिजाईनरको रूपमा स्वप्निल आचार्य रहेका छन् ।

