Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

घरमै बसेर नेपाली फिल्म हेर्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2013/05/06

नेपाली फिल्म प्रेमी दर्शकहरूका लागि खुसीको खबर ! अब घरमा नै बसिबसि उच्च क्वालिटीका नेपाली फिल्म हेर्न सकिनेछ । इन्टरटेननेपाल डट कमले दर्शकहरूका लागि यो सुबिधा ल्याएको हो ।

 

फिल्म पाईरेसी भएर निर्माताहरू मर्कामा परिरहेको र डिभिडी व्यवसाय पनि खस्किरहेको अवस्थामा अमेरिकाबाट सुदिप पोखरेल सहितको एक टिमले अनलाईन फिल्म बिजनेश शुरू गरेका हुन् । 'नेपाली फिल्मको बजार बिस्तारका लागि यो हाम्रो सानो प्रयास हो,' सुदिपले भने- 'हामी नयाँ देखि पुराना फिल्महरूलाई अनलाईनमा न्यूनतम मूल्यमा हेर्ने व्यवस्था गरेका छौं ।'

 

फिल्म हेर्नका लागि दर्शकले नयाँ फिल्मलाई ५ डलर सम्म तिर्नुपर्ने हुन्छ भने पुराना फिल्मलाई ९९ सेन्ट अर्थात झण्डै एक डलर सम्म तिर्नुपर्ने हुन्छ । निर्मातालाई कसरी पैसा दिने त ? सुदिप भन्छन्- 'अहिले हामी रोयल्टी बेसमा काम गरिरहेका छौं ।' अनलाइनमा नयाँ फिल्मको रूपमा मायाज बार, रूद्राक्ष, लक जस्ता फिल्म राखिएको छ भने नोटबुक, एटिएम, मैना, कलिउड रिलिजको तयारीमा छन् । अहिले उक्त अनलाईनमा ५० भन्दा बढि फिल्म हेर्न सकिनेछ ।