Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दर्शकले पनि मनपराए `मञ्जरी`(भिडियो रिपोर्ट)

फिल्मीखबर, काठमाण्डौ, 2013/05/05

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'मञ्जरी'लाई सञ्चारकर्मीहरूले मात्र हैन दर्शकले पनि रूचाएका छन् । ओपनिङ कलेक्सन राम्रो गर्न नसकेपनि हेरेका सबै दर्शकले फिल्मलाई रूचाएकोले माउथ पब्लिसिटीले दर्शक संख्या बढ्ने निर्माण युनिटको आश छ ।

 

'हेरेका सबै दर्शकले फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिनुभएको छ,' निर्देशक गणेश देव पाण्डेले फिल्मीखबर समक्ष भने- 'माउथ पब्लिसिटीले भोलीबाट अझ राम्रो व्यापार हुन्छ भन्ने हाम्रो बिश्वास छ ।' कथा नयाँ नभएपनि प्रस्तुती शैली फरक र कलाकारको अभिनय गजब भएको आईतवार कुमारी हलमा फिल्म हेर्न पुगेका दर्शकहरूको तर्क थियो । कति दर्शकले फिल्म कपि भएपनि नेपाली पन पाएकाले समय काट्न गार्‍हो नभएको बताए ।

 

बिशेषत: फिल्ममा डेब्यू गरेका कलाकारद्धय गौरव पहारी र सुजाता कोईरालाको अभिनयलाई धेरैले खुलेर तारिफ गरेका छन् । यस्तै फिल्ममा अभिनय गरेका बालकलाकार सुजन थापाको अभिनय पनि उत्कृष्ट रहेको बताएका छन् । केहि दर्शकले फिल्मको व्याकग्राउण्ड म्युजिक भने अलि लाउड रहेको प्रतिक्रिया दिए । राजधानीको केहि हलमा दर्शकसँग लिईएको प्रतिक्रिया यस्तो छ -